back
NMB ad

न्यू जावालाखेल तेक्वान्दो डोजाङद्धारा ३५ खेलाडीको ग्रेडिङ सम्पन्न

Kumari bank ad

ललितपुर , ललितपुरको जावालाखेलमा न्यू जावालाखेल तेक्वान्दो डोजाङले एक कार्यक्रमको अयोजना गरी ३५ प्रशिक्षार्थीहरुको ग्रेडिङ सम्पन्न गरेको छ । शनिवार सम्पन्न उक्त ग्रेडिङ कार्यक्रममा प्रमुख अतिथिको रुपमा र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी यान कुमारी चौलागाईंको उपस्थिती रहेको थियो ।

यस्तै डोजाङ्ग प्रमुख थानेश्वर दर्लामी मगर, डोजाङ्गका उपाध्यक्ष निरोज गौतमका साथैं अन्य विशिष्ठ अतिथीहरुको उपस्थितीकोबीच ग्रेडिङ परिक्षा सम्पन्न भएको क्लबले जनाएको छ ।

उक्त ग्रेडिङ्ग परिक्षामा प्रशिक्षक सबिन नगरकोटी र सहायक प्रशिक्षकको रुपमा निशा दर्नाल,अर्जुन मोक्तान,सोनी लामाहरुको उपस्थिती रहेको थियो । उनीहरुकै उपस्थितिमा डोजाङ्गका ३५ खेलाडीको पेटी परिवर्तन गरेको हो । परिक्षामा सहभागी खेलाडीहरुमा सेतो पेटी,पहेलो पेटी,पहेलो हरियो,हरियो,हरियो निलो,निलो,निलो रातो रहेको क्लबले जनाएको छ।

यस्तै, सो परीक्षामा उर्तीण खेलाडीहरुलाई र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी यान कुमारी चौलागाईंले प्रमाणपत्र वितरण गर्नुभएको हो ।
न्यू जावलाखेल तेक्वान्दो डोजाङमा दर्जनभन्दा बढी मेडल विजेता खेलाडीहरु रहेका छन्।

क्लबले तेक्वान्दो खेलमा आफ्नो उत्कृष्ठ खेल प्रदर्शन गर्दै विभिन्न पदक समेत हात पार्दै आएको छ । यसका अलवा क्लवले सामाजिक क्षेत्रमा समेत सक्रियता जनाउँदै आएको छ।

  २०७५ साउन १४ गते प्रकाशित 

वि.सं.२०७५ साउन १४ सोमवार ११:१० मा प्रकाशित

You can share this post!

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १२:०३

काठमाडौँ, ३१ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना...

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमाशुल्क पनि बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा उछाल, खुद बीमाशुल्क पनि बढ्यो

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:५५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु   

भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:४२

नयाँदिल्ली, ३१ वैशाख : भारतको तल्लो सदन लोकसभाको चौथो चरणको...

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी   

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:३७

प्रकाश सिलवाल काठमाडौँ, ३१ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले...

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा   

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:२०

काठमाडौँ, ३१ वैशाखः उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र...

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री   

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ११:१३

चितवन, ३१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक...