back
NMB ad

‘भाग्यले बाँचेकाहरु’बाट संकलित रकम बेबारिसे व्यक्तिहरुलाई

Kumari bank ad

काठमाडौं । लमजुङ समाज युएईले चर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनबाट संकलित रकम सडकबाट बेशारिसे रुपमा उद्दार गरिएका व्यक्तिहरुले आश्रय लिइरहेको मानव सेवा आश्रमलाई सहयोग गरेको छ ।

बिहीबार लमजुङ सदरमुकाम बेसीशहरमा आयोजित कार्यक्रममा लमजुङ सेवा समाज यूएईका संरक्षक अर्जुनबहादुर गौली, भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डे, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकाल लगायतले एक लाख एक हजार एक सय एक रुपैँयाको चेक आश्रमलाई हस्तान्तरण गर्नुभयो ।

डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल ‘भाग्यले बाँचेकाहरु’ गत असार १ र २ गते लमजुङ समाज युएईले दुबई, आबुधाबी र शारहजामा प्रदर्शन गरेको थियो । प्रदर्शनीमा ‘भाग्यले बाँचेकाहरु’ का निर्देशक पाण्डे, निर्मात्री शारदा गैरे, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङ युएई पुग्नुभएको थियो । च्यारिटी शोबाट संकलित रकम गृहजिल्लाकै परोपकारी संस्थालाई सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको लमजुङ समाजका संरक्षक गौलीले बताउनुभयो ।

यसैगरी, ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले वृत्तचित्रबाट संकलित रकमबाट बिभिन्न परोपकारी कार्यहरु संचालन गरिरहेको जानकारी दिनुभयो। परोपकारी अभियानलाई अझै निरन्तरता दिने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे, प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकाल, बेसीशहर नगरपालिकाका प्रशासकीय अधिकृत भीमप्रसाद तिवारी, वडा अध्यक्ष पवित्रा थापा मगर, लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापा, जिल्ला सामुदाायिक अस्पतालका प्रशासकीय अधिकृत युवराज देवकोटा लगायतले ‘भाग्यले बाँचेकाहरु’ले अन्तर्राष्ट्रिय जगतमा कमाएको ख्याति र परोपकारी अभियानको प्रशंसा गर्नुभयो ।

बेसीशहरमा दुई बर्षदेखि संचालित मानव सेवा आश्रममा बेवारिसे अबस्थामा सडकमा भेटिएका ९ जना आश्रित छन् । आश्रमको व्यवस्थापन गरिरहेको ‘साँचो जीवन निर्माण अभियान’का संयोजक किसान संगीत नेपाली र आश्रमकी संयोजक अनिता अधिकारीले सहयोगी हातको खाँचो रहेको भन्दै लमजुङ समाज युएई र भाग्यले बाँचेकाहरु टिमलाई धन्यवाद व्यक्त गर्नुभयो ।

नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ भने १३ वटा भाषामा अनुवाद भएको छ ।

२०७५ साउन २५ गते प्रकाशित

वि.सं.२०७५ साउन २५ शुक्रवार ०९:५२ मा प्रकाशित

You can share this post!

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४९

काठमाडौँ, १ जेठः सरकारले पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म बिस्तार गरिने...

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

हेल्मेट डाँडालाई पर्यटकीय गन्तव्य बनाइँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४३

वासुदेव पौडेल  गण्डकी, १ जेठ : पृथ्वी राजमार्ग अन्तरगत पोखरा...

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

नीति तथा कार्यक्रमः २०८२ सम्म सडक मानवमुक्त बनाइने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:४०

काठमाडौँं, १ जेठः सरकारले २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त बनाउने...

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने  

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने  

वि.सं.२०८१ जेठ १ मंगलवार १६:३७

काठमाडौँ, १ जेठः सरकारले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री...

नीति तथा कार्यक्रमः आगामी दशक ‘सूचना प्रविधि दशक’   

नीति तथा कार्यक्रमः आगामी दशक ‘सूचना प्रविधि दशक’   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:३३

काठमाडौँ, १ जेठ: सरकारले सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारका रूपमा...

नीति तथा कार्यक्रम: नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने   

नीति तथा कार्यक्रम: नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:३०

काठमाडौँ, १ जेठः सरकारले नेपाललाई प्राथमिक र आकर्षक पर्यटकीय गन्तव्यका...