back
NMB ad

समस्या समाधान हुन्छ : प्रधानमन्त्री

Kumari bank ad

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिबद्ध एवं क्रियाशील रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले सबै क्षेत्रको समस्यालाई समाधान गर्न सरकारले योजनाबद्धरुपमा प्रयास गरिरहेको बताउनुभयो ।

औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल भएको र केही समयभित्रै पूर्णरुपमा परिणाम आउने प्रधानमन्त्रीको कथन थियो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “उद्योग, शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषिलगायत क्षेत्रको सुधार गर्दै समग्ररुपमा मुलुकको आर्थिक अवस्थाको सुधारमा सरकार लागिपरेको छ । त्यसमा निजी क्षेत्रको साथ जरुरी रहन्छ ।” स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न शीर्षकमा लगाएको करका कारण व्यवसायी मर्कामा परेको भन्दै महासंघको टोलीले प्रधानमन्त्रीसँग गुनासो गरेको थियो ।

महासंघका अध्यक्ष भवानी राणाले करको बोझ अन्त्य, पुराना औद्योगिक नीति परिवर्तनलगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले उद्योगिक क्षेत्रको सुधार र विस्तारका लागि बुँदागत सुझाव दिन महासंघको प्रतिनिधिमण्डलाई आग्रह गर्नुभएको अध्यक्ष राणाको भनाइ छ । पछिल्लो समय तीनै तहका सरकारले विभिन्न शीर्षकमा कर लगाएको र त्यसले उद्योगी तथा व्यवसायीलाई नकारात्मक असर पारेको भन्दै महासंघले प्रक्रियागतरुपमा प्रष्ट हुन सरकारलाई अनुरोध गर्दै आएको छ । रासस

२०७५ साउन २६ गते प्रकाशित

वि.सं.२०७५ साउन २६ शनिवार १८:१६ मा प्रकाशित

You can share this post!

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...