back
NMB ad

गाउँपालिकालाई निःशुल्क जगा

Kumari bank ad

बेनी । मंगला गाउँपालिकालाई रु ४० लाख बराबरको जग्गा निःशुल्क प्राप्त भएको छ ।

मंगला गाउँपालिका–२ बाबियाचौर घर भइ हाल काठमाडौं । बस्दै आउनुभएका क्याप्टेन इन्द्रबहादुर अधिकारीले तीन रोपनी १५ आना तीन पैसा दुई दाम जग्गा गाउँपालिकालाई उपलब्ध गराउनुभएको हो । मंगलबार ७३ वर्षीय जग्गादाता अधिकारीले गाउँपालिकाका अध्यक्ष रोकालाई जग्गाकोे लालपूर्जा हस्तान्तरण गर्नुभयो । सो जग्गा बाबियाचौरमा बालबालिका तथा ज्येष्ठ नागरिक उद्यान निर्माणका लागि प्रयोग गरिने गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिनुभयो ।

“उद्यान निर्माण गर्न जग्गाले ठूलो सहयोग पुग्यो” अध्यक्ष रोकाले भन्नुभयो । जग्गादाता अधिकारीलाई गाउँपालिकाले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । अधिकारीले आफू काठमाडाँैमा रहे पनि जन्मेको ठाउँको विकासमा सहयोग पुगोस् भनेर जग्गा उपलब्ध गराएको बताउनुभयो ।

२०७५ साउन ३० गते प्रकाशित

वि.सं.२०७५ साउन ३० बुधवार ०९:३३ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...