back
NMB ad

संघीय सरकारको चर्को आलोचनामा उत्रिए गण्डकी प्रदेशका सांसद

Kumari bank ad

पोखरा । पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल पुन बिबादको घेरामा तानिएको भन्दै गण्डकी प्रदेशका सांसदहरुले संघीय सरकारको कडा आलोचना गरेका छन् ।

गण्डकी प्रदेशको चालु अधिबेशनमा बिहिबार शुन्य र विशेष समयमा बोल्ने सांसदहरुले कहिले कुन बहाना त कहिले कुन बहानामा एयरपोर्ट बन्न नदिने खेल बढ्नुमा चिन्ता ब्यक्त गरेका छन् । सांसद राजिब पहारीले एयरपोर्टलाई कति जग्गा चाहिन्छ पहिले थाहा हुदैन ? केटा केटिले माटोको घर बनाइ खेलेको हो र ? पहारीको भनाइ थियो ।

कहिले ह्याँगरको बहानामा त कहिले अर्काे निहुँमा जग्गा अधिकरण गर्ने भन्दै स्थानीयको घरबास उठाउने गरी पटक पटक सूचना जारी गर्नु जायज नभएको जिकिर गर्नुभयो । कुनै पनि वहानामा अब एयरपोर्ट निर्माणको काम नरोकिकन स्थानीय जनताको चित्त बुझ्ने गरी काम गर्न प्रदेश सरकार मार्फत संघिय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दिपक कोइरालाले एयरपोर्ट निर्माणको काम रोक्न नहुने र स्थानीय बासिलाई अन्यायमा नपारिकन समस्याको हाल खोज्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

अर्का सांसद कृष्णचन्द्र नेपालीले सामाजिक परिचालकहरुको आन्दोलनमा सरकारबाट दमन भएको भन्दै तत्काल उनीहरुको मागलाई सम्बोधन गर्नु पर्ने बताउनु भयो । शुन्य तथा विशेष समयमा बोल्ने सांसदहरुले बाढी पहिरोका कारण विभिन्न जिल्लामा भएको क्षतिको जानकारी दिँदै पिडितहरुलाई राहत र पुनर्वासको ब्यबस्था गर्न सरकारको ध्यान पुग्न आबश्यक भएको बताउनु भयो ।

२०७५ भदौ १ गते प्रकाशित

वि.सं.२०७५ भदौ १ शुक्रवार ०८:०४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...