back
NMB ad

भारतिय च्याउ बन्द गर्न माग सहित किसानहरु संघर्षमा

Kumari bank ad

भक्तपुर । च्याउ उत्पादक किसान संघर्ष समितिले भारतबाट आयत हुने च्याउ बन्द गर्नु पर्ने भन्दै अन्दोलनमा उत्रिएको छ ।
रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलमा च्याउन किसान उत्पादन संघर्ष समितिका संयोजक प्रेम नारायण अधिकारिले नेपाली च्याउ उत्पादनलाई प्रोत्साहन गर्ने भन्दा पनि भारतबाट च्याउ आयतलाई प्रोत्सान दिएर नेपाली उत्पादनलाई निरुत्साहि गरेकाले संर्घषमा उत्रनु परेको बताउनु भयो ।

उहाँले नेपाली च्याउ उत्पादनलाई प्रबिधि युक्त बनाउन नसकेको र ब्यवसायिक रुपमा ४० भन्दा बढि जिल्लामा च्याउ उत्पादनमा लागेका झन्डै पचास हजार नेपालीलाई सरकारले बेरोजगार तर्फ धकेल्न थालेको आरोप लगाउनु भयो । यस्तै अवस्था रहे नेपाली च्याउ उत्पादनमा लागेका किसान बारी मा नभएर रोजगारीका लागि खाडीमा जानु पर्ने बाध्यता आउने उहाँको भनाई छ ।

सरकार समक्ष च्याउ उत्पादन किसान संघर्ष समितिले राखेको १९ बुँदे माग पत्रलाई सरकारले सम्बोधन गरेर नेपालमा उत्पादन हुने च्याउको संरक्षण र प्रर्वदनको भूमिका खेल्दै बजार ब्यवस्थापनमा लाग्नु पर्नेमा जोड दिनु भयो । संघर्ष समितिका सदस्य सचिब शनिस लागेजुले नेपालमा उत्पादन हुने च्याउलाई भन्दा पनि भारतबाट बैद्य अवैद्य रुपमा भित्रने झन्डै १ लाख मेट्रिक टन च्याउको बजारलाई रोक्न नसक्दा नेपाली च्याउ बजार प्रभाबित बनेको बताउनु भयो ।

उहाँले नेपाली बजारमा झन्डै २० हजार मेट्रिक टन उत्पादन हुने च्याउको बजारलाई कसरी ब्यवस्थित गर्ने यस तर्फ सकरकाले ध्यान दिन नसकेको गुनासो गर्नु भयो । सरकारले कृषि क्षेत्रलाई प्रोत्सान मूलक बिभिन्न कार्यक्रमहरु ल्याएता पनि त्यसको ब्यबहार लागू हुन नसकेको च्याउ उत्पादक किसानहरुको पिडाले प्रष्टाएको उहाँले बताउनु भयो ।

संघर्ष समितिले अन्दोलनको चरणलाई निरन्तरता दिँदै आज कालिमाटि फलफूल तथा तरकारी बजारमा आफूहरुले उत्पादन गरेको बस्तु बिचौलियाहरुबाट नभई आफैले बिक्रि गरेको थियो । सघर्षको कार्यक्रम अन्र्तगत आज कालिमाटिमा कोण सभाका साथै बल्खु तरकारी बजारमा भारतबाट आयत गरिएको बैध अबैध च्याउ किसानहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । आफ्ना मागहरुको सम्बोधन नगरिए चरणबद्ध अन्दोलनमा उत्रन बाध्य हुने संर्घष समितिले पत्रकार सम्मलेनमा जानकारी दिएको छ ।

२०७५ भदौ ३ गते प्रकाशित

वि.सं.२०७५ भदौ ३ आइतवार १३:५७ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...