back
NMB ad

चितवन प्रदेश तीनको आर्थिक गतिविधिको केन्द्र : मन्त्री स्थापित

Kumari bank ad

रत्ननगर । चितवनको रत्ननगरस्थित सौराहाचोकमा आजदेखि बसपार्क सञ्चालनमा आएको छ ।

अतिक्रमित क्षेत्र खाली गरी १० कट्ठा जमीनमा रत्ननगर नगरपालिकाले आजदेखि बसपार्क सञ्चालनमा ल्याएको हो ।

बसपार्क उद्घाटन गर्दै प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले नगरको विकासका लागि भौतिक पूर्वाधार जरुरी रहेको बताउनुभयो ।

चितवन आर्थिक गतिविधिको केन्द्र रहेकाले यहाँको विकासले देशलाई नै प्रभाव पार्छ, उहाँले भन्नुभयो, “चितवन इकोनमिक इञ्जिन हो, यहाँ जे भन्यो त्यही छ, चितवनको विकासमा मेरो योगदान रहन्छ ।”

मन्त्री स्थापितले चितवनमा खानेपानी तथा सरसफाइको नमूना योजना सञ्चालन गर्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि प्राविधिक ल्याएर अध्ययन गराउने आश्वासन दिनुभयो ।

प्रदेश नं ३ का सांसद कञ्चन खनाल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मीले बसपार्क निर्माणले यहाँको सवारी पार्किङको समस्या हट्ने विश्वास व्यक्त गर्नुभयो ।

करीब रु ४० लाखको लागतमा सञ्चालन भएको बसपार्कमा नगरका सवारी पार्किङ गरिने र यात्रुहरु यहीबाट चढ्ने र ओर्लने व्यवस्था मिलाउने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज ढुङ्गानाले बताउनुभयो ।

कार्यक्रममा बसपार्क निर्माणका लागि जग्गा दान गर्ने लक्ष्मी खड्गी, शान्ति शाही, राजेश शाही, शैलु केसी, गौप्रसाद श्रेष्ठ र चन्द्रिका केसीलाई सम्मान गरिएको थियो । रासस

२०७५ भदौ ६ गते प्रकाशित

वि.सं.२०७५ भदौ ६ बुधवार ०७:५७ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...