back
NMB ad

प्रभु इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन खुल्यो,

Kumari bank ad

प्रभु इन्स्योरेन्स को हकप्रदमा अवितरण भएको संस्थापक र साधारण समूहको एक लाख ३७ हजार १६ कित्ता शेयर भदौ १७ गते आइतबार देखि खुल्ला भएको छ । कम्पनीले गत असार ८ गतेदेखि साउन १० गतेसम्म चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रदमा नबिकेको शेयर लिलामी ल्याएको हो ।

प्रभु इन्स्योरेन्सको लिलामी शेयरमा भदौ १७ देखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १५ हजार ८६१ कित्ता संस्थापक समूहको र एक लाख २१ हजार १५४ कित्ता साधारण तर्फको शेयर लिलामीमा ल्याएको हो ।

लिलामी शेयरमा प्रभु क्यापिटल र प्रभु बैंकका शाखाहरु मार्फत बोलपत्र लिन र पेश गर्न सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । न्यूनतम एक सय रुपैयाँ तोकिएको शेयरमा दश कित्ताले भाग जाने गरी कम्तिमा सय कित्ताका लागि आवेदन गर्न पाइनेछ ।

कम्पनीले गत असार ८ गतेदेखि साउन १० गतेसम्म चुक्ता पूँजीको ४६ प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । कम्पनीले ३१ लाख ६६ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दा रितपुर्वक आवेदन दिनलाई ३० लाख २९ हजार ६६१ कित्ता हकप्रद बाँडफाँड गरिसकेको छ ।

गत आर्थिक वर्षमा २२ करोड १५ लाख रुपैयाँ नाफा गरेको कम्पनीको हालको पूँजी अनुसार प्रति शेयर आम्दानी ३२ रुपैयाँ र प्रतिशेयर नेनटवर्थ २१४ रुपैयाँ छ । कम्पनीको सेयर बिहीबार प्रतिकित्ता ४७४ रूपैयाँमा कारोबार भएको छ ।

२०७५ भदौ १७ गते प्रकाशित

वि.सं.२०७५ भदौ १७ आइतवार १२:२७ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...