back
NMB ad

तिन सय रुपैँयामा बिबाह सम्पन्न गरी नेपाली समाजमा उदारणीय काम गरे उत्तम र कलाले

Kumari bank ad

काठमाडौँ, । अर्काको देखासिखी बानिले कानुनले तोकेको बिबाह भन्दा बढि तड्कभड्क देखाउने नेपालि समाजमा कला अधिकारी र उत्तम सञ्जेलले नमुनाको बिबाह सम्पन्न गरेका छन । अहिलेको समयमा तीन सय रुपैयाँमा बिबाह सम्पन्न गरेका छन । यसरी बिबाह सम्पन्न भएको कुरा सुन्दा तपाईलाई पत्याउनै गाहे पर्छ । समाजमा एक उदारणीय राम्रो काम गरी नमुनाको जोडीे बनेका छन यि जोडी ।

शिक्षा अभियन्ता उत्तम सञ्जेल एक समाजका उदारणीय ब्यक्ति हुन जसले समाजमा नै एक उदारणीय काम गरी नमुनाको बिबाह भनि दर्शाएका छन । ४१ वर्षका सञ्जेलले गुहेश्वरी मन्दिरमा अत्यन्त साधारण तरिकाले सुन्दरीजलकी कला अधिकारीसँग सोमबार बिहान बिहे गरेका हुन् ।

बेहुला उत्तमले ‘समता स्कुल इन्डिया’ लेखिएको टिसर्ट लगाएका थिए । खुट्टामा चप्पल थियो । बेहुली कलाले रातो कुर्ता–सुरुवालमा घुम्टो ओढेकी थिइन् । बिहेमा करिब १ दर्जन व्यक्तिहरु उपस्थित थिए ।

दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित थिएनन् । परिवारका सदस्यहरु निम्त्याउँदा ‘उपहार लेनदेन’ को कुरा आउन सक्ने भएकाले नबोलाएको सञ्जेलले बताएका छन् ।

सञ्जेलले कलालाई सिन्दुर पोते र माला लगाइदिएका थिए । त्यसपछि उनले २ मिनेट बोलेपछि बिहे सम्पन्न भएको थियो । बेहुली कला भने लजाएर बोल्न मानिनन् ।

करिब ५ मिनेटमा बिहे सकिएको त्यहाँ उपस्थित कलाकार मनोज गजुरेलले बताएका छन् । बिहेपछि भोजका रुपमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सबैलाई सुगर फ्री लड्डु बाँडेका थिए । लड्डुको प्रायोजन उनीहरुकै थियो ।

२५ रुपैयाँको सिन्दुर, ७५ रुपैयाँको पोते र १ सय रुपैयाँका दुई मालामा बिहे सकियो बताइएको छ । उत्तम र कलाको ४ महिना अगाडि मात्रै चिनजान भएको हो ।

उत्तमले सञ्चालन गर्ने १ सय रुपैयाँमा उपचार गरिने समता हस्पिटलमा हेल्थ असिस्टेन्टका रुपमा कला कार्यरत छिन् ।

२०७५ भदौ १८ गते प्रकाशित

वि.सं.२०७५ भदौ १८ सोमवार १६:१८ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...