back
NMB ad

नेपाल–चीनबीच रसुवाखण्डको राजमार्ग पूर्णरुपले सञ्चालनमा

Kumari bank ad

रसुवा, । वर्षाका कारण अवरुद्ध नेपाल–चीनबीच रसुवाखण्डको राजमार्ग आज अपराह्नबाट पूर्णरुपले सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार रसुवागढी नजीकैको पहरो फुटाली नयाँ ट्रयाक खोलिएपश्चात् मालबाहक सवारीसाधन आवतजावत गर्न थालेका हुन् ।

राम्चे क्षेत्रमा भने गएराति पहिरो आई पाँच\छ घण्टा अवरोध आएपनि बिहान ९ बजेदेखि बाटो खुलाइसकिएको छ । धुञ्चेको त्रिशूली नदी आसपासका दुई पहिरो क्षेत्रमा पनि नयाँ ट्रयाक खोली यातायात सञ्चालन गरिएको छ ।

रसुवाखण्डको पासाङ ल्हामु राजमार्ग र स्याफ्रुबेँशी रसुवागढी खण्डमा कुनै अवरोध नआउने, निर्वाधरुपले मालबाहक ट्रक कन्टेनरबाट सामान आयातनिर्यात गर्न सबै व्यवसायीलाई आग्रह गरिएको प्रजिअ पौडेलले बताउनुभयो ।

डिभिजन सडक प्रमुख नीरज शाक्यले रसुवागढी नजीक घट्टेघोला पुल सबलीकरण गर्ने कार्यसमेत सम्पन्न भइसकेकाले अब गल्छी–धुञ्चे–रसुवागढी–केरुङ राजमार्ग सिधा सम्पर्क भइसकेको बताउँदै आकस्मिकरुपमा हुनसक्ने प्राकृतिक प्रकोपबाहेक अन्य समयमा राजमार्ग अवरुद्ध नहुने दाबी गर्नुभयो ।

स्याफ्रुबेँशी–गोल्जुङ भन्ज्याङबीच वर्षाका कारण अवरुद्ध पासाङल्हामु मार्गसमेत सोमबारबाट सञ्चालनमा आएको छ । साञ्जेन जलविद्युत् आयोजनाले छ दिनको अवधिमा डोजर एवं लोडर प्रयोग गरी सडक सञ्चालन गरेको उक्त आयोजनाका प्रशासकीय अधिकृत सुनिल रेग्मीले जानकारी दिनुभयो ।

२०७५ भदौ २० गते प्रकााशित

वि.सं.२०७५ भदौ २० बुधवार १५:४५ मा प्रकाशित

You can share this post!

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४०

काठमाडौँ, २८ वैशाख : सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु...

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

लक्ष्मी मोटर कोर्पोरेसनद्वारा नेपालमा ह्युण्डाई मोटर एसेम्बली प्लान्टको उद्घाटन

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:३६

काठमाडौं । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलको मुख्य कम्पनी...

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...