back
NMB ad

एक वर्षमै बिमा कम्पनीहरुले गरे, ७३ अर्बको कारोबार

Kumari bank ad

काठमाडौं । बिमा कम्पनीहरुले एक वर्षमै ७३ अर्बको कारोबार गरेका छन् । हाल एउटा पुर्नबिमा कम्पनी सहित ३९ वटा बिमा कम्पनी सञ्चालनमा छन् । उक्त कम्पनीहरुले गत आर्थिक वर्षमा त्यति ठूलो रकमको कारोबार गरेका हुन् । निर्जीवन बिमा कम्पनीले भन्दा बढी जीवन बिमा कम्पनीले कारोबार धेरै गरेका छन् ।

गत आर्थिक वर्षमा २२ अर्बको निर्जीवन र ५१ अर्बको जीवन गरी कुल ७३ अर्बको बिमा व्यवसाय गरेको बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईले बताए । हाल २० वटा निर्जीवन बिमा कम्पनी, १८ वटा जीवन बिमा कम्पनी र एउटा पुनर्बिमा कम्पनी सञ्चालनमा छन् । गत आर्थिक वर्षमा ९ वटा जिवन बिमा कम्पनी र तीनबटा निर्जीवन बिमा कम्पनी थपिएका छन् ।

असोज ९ र १० गते नेपालमा अन्तराषर््िट्रय बिमा सम्मेलन हुने

आगामी असोज ९ र १० गते नेपालमा अन्तरार्टि«य बिमा सम्मेलन हुने भएको छ । विकासशील राष्ट्रका बिमा र पुनर्बिमा कम्पनीहरुको संगठन (एआईआरडीसी), बिमा समिति र नेपाल बिमकं सघंको संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । सन २००० पछि नेपालमा हुन लागेको हो । बिभिन्न देशमा यस्ता खालका सम्मेलन हुँदै आएका थिए ।

यो सम्मेलन २२ औं हो । उक्त सम्मेलनमा बीमा क्षेत्रको नियामक निकायका प्रतिनिधि, विदेशी बिमा विज्ञ, बीमाक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी हुनेछन् । सम्मेलनमा स्वदेशी तथा स्वेदेशी गरी पाँच सय बढीको सहभागीता रहने आयोजकले जानकारी दिएको छ । विपद् जोखीम व्यवस्थापन सम्बन्धी विषयलाई सम्मेलनको मुख्य एजेण्डा बनाईएको छ । सम्मेलनमार्फत पुनर्बीमा कम्पनीहरुले आफ्नो व्यावसायिक दायराबढाउन सक्नेछन् ।

सम्मेलनमा बिमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल गरिने छ । सम्मेलनबाट आएका सुझावले नीति निर्माणमा पनि सहयोग पुग्ने बिमा समितिको भनाइ छ ।

२०७५ भदौ २५ गते प्रकाशित

वि.सं.२०७५ भदौ २५ सोमवार ११:१४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...