back
NMB ad

संघियता कागजमै सिमित बन्यो ः मुख्य मन्त्री शाही

Kumari bank ad

भक्तपुर । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले संघिय प्रणाली काजमै मात्र लागू हुँदा जटिलता उत्पन्न भएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै शाहीले संबिधानमा उल्लेख भएको संघिय प्रणाली कागजमै सिमित बनेको र त्यसलाई दिमागबाट ब्यवहारमा लागू नगरिँदा प्रदेश सरकारले सोचे अनुरुप काम गर्न नसकेको र यसले बिभिन्न खालका जटिलता निम्ताएको बताउनु भयो ।

पोखरमा भएको मुख्य मन्त्रीहरुको भेला समय सापेक्ष नभएको भन्दै संघिय सरकारकै पाटो रहेको प्रदेश र स्थानीय सरकारले संबिधान भन्दा बाहिर गएर काम गर्नु गलत अभ्यास भएको बताउनु भयो । अन्तर प्रदेश परिषद बैठक अन्तिम समयमा आएर रोकिनु र छ मुख्य मन्त्रीले पोखरामा आठ ऐजेन्डालाई लिएर आउँदा केन्द्र सरकारसँको टसल भएको भनाई बाहिर आए जस्तो नभएता पनि केही हदसम्म पोखरा भेला पनि रहेको उहाँले बताउनु भयो ।
केन्द्र सरकारले कर्णाली प्रदेशको बिकासमा सोच अनुरुप बजेट उपलब्ध नगराउँदा केही बिकासका गतिबिधिमा जटिलता आएको भन्दै अव प्रदेश सरकारले आफ्नै स्रोत साधनको परिचालन गरि यो प्रदेलाई आर्थिक सम्बृद्रि तर्फ अघि लाने तयारीमा लागि परेको उहाँले बताउनु भयो ।
कर्णाली प्रदेशमा च्याउ मौलाएका जस्ता फुटपाते एनजिओ र आईएनजिओलाई ब्यवस्थित गरिएको भन्दै अब फुटपाते एनजिओ र आईएनजिओहरुका लागि कर्णाली प्रदेशमा ढोका बन्द भएको बताउनु भयो ।

शाहिले कर्णाली प्रदशे मातहतमा रहेको सरकारी निकायमा कार्यालय समयमा फेसबुक सञ्चालनमा कर्मचारीलाई रोक लगाएको समेत जानकारी दिनु भयो ।
उहाँले कर्णाली प्रदेशको बिकासका लागि खाका तयार पारिसकेको र कागज र नीतिमा भन्दा पनि ब्यवहारमै लागू गर्दै योजनाका खाकाहरुलाई पूर्णता दिने तर्फ प्रदेश सरकार लागि परेको जानकरी दिनु भयो ।
उहाँले भन्नु भयो, कर्णाली प्रदेशको क्याबिनेट बैठका ठोस योजनाका साथ बिकास निर्माण स्थलमै सञ्चालन गर्ने तयारीमा समेत लागेको छ ।
बिगतमा दिने कर्णालीलाई अहिले मागि खानेको रुपमा जसरी परिभाषित गरिएको छ यसको परिर्वतनका लागि यस प्रदेशमा भएको अथाहा प्राकृतिक स्रोत साधनको उपयोगमा प्रदेश सरकार लागि परेको उहाँले बताउनु भयो ।

 

२०७५ भदौ २६ गते प्रकाशित

वि.सं.२०७५ भदौ २६ मंगलवार १०:५७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...