back
NMB ad

बससेवा डटकममा दशैंको अग्रिम टिकट बुकिङ खुला, यात्रुहरूले घरबाटै टिकट काट्न सक्ने

Kumari bank ad

काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दशैँको अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दशैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । साथै दशैँमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् ।

बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् । यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले बताउनुभयो । उहाँले भन्नुभयो ‘ हामीले विभिन्न गन्तव्यका लागि यातायात व्यवसायीसँगको सहकार्यमा अनलाइनमाबाट बुकिङ गर्न सकिने व्यवस्था मिलाएका छौँ ।

यात्रुहरूले खालि सिट हेरेर बुकिङ गर्न सक्नुहुनेछ । इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सक्नेछन् । मुलुकभर इसेवाका ३५ हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् ।

साथै इप्रभु, इनेट पेमेन्ट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ । बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्री गर्ने माध्यम हो । बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् ।

२०७५ असोज ११ गते प्रकाशित

वि.सं.२०७५ असोज ११ बिहीवार ०९:५५ मा प्रकाशित

You can share this post!

वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने     

वन्यजन्तुबाट बालीनालीमा हुने क्षति नियन्त्रण गरिने     

वि.सं.२०८१ जेठ १ मंगलवार १६:१८

काठमाडौँ, १ जेठ: सरकारले बाँदर, बँदेल, दुम्सी, हरिण, मृगलगायतका जीवजन्तुबाट...

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने   

सर्वोच्च अदालतमा अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:१४

काठमाडौँ, १ जेठः सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र...

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने   

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने   

वि.सं.२०८१ जेठ १ मंगलवार १६:०९

काठमाडौँ, १ जेठः सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका...

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा हरियाली, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ १ मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

छ कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ १ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिव नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १४:५४

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य...