back
NMB ad

दसैंलाई लक्षित गरी ५० हजार खसीबोका भेडाच्याङग्रा उपत्यकामा भित्र्याइँदै

Kumari bank ad

काठमाडौं । दसैंलाई लक्षित गरी व्यवसायीले छिमेकी मुलुक भारत र नेपालका बिभिन्न जिल्लाबाट ५० हजार खसीबोका भेडाच्याङग्रा उपत्याकामा भित्र्याइँदै छ । व्यवसायीले भारतबाट करिब ४० हजार र बिभिन्न जिल्लाबाट १० हजार खसीबोका भेडाच्याङग्रा ल्याउन लागेको चौपाया खरिद–बिक्री सेवा संघको भनाइ छ ।

दसैंमा मासुको खपत उच्च हुने भएकाले स्वदेशी उत्पादनले नथेगेपछि ४० हजार खसीबोका भारतबाट ल्याउन लागिएको हो । त्यसैगरी बिभिन्न जिल्लाबाट पनि १० हजारको हाराहारीमा खसीबोका भेडाच्याङग्रा ल्याउन लागिएको हो । दसैंमा करिव ५५ करोड रुपैयाँ बराबरको खसीबोका भेडाच्याङ्गाको किनबेच हुने अनुमान गरिएको छ । दर्सैमा सहरी क्षेत्रमा खसी–बोका, भेडाच्याङग्रासहित राँगा, कखुरा, बंगुरको मासुको खपत उच्च हुने भएकाले त्यसको लागि गाउँगाउँबाट पशु ल्याइदै छ ।

व्यवसायीले उदयपुर, सिन्धुली, खोटाङ, सिराहा, सल्यान, दाङ, कैलाली, जाजरकोट लगायत जिल्लाबाट पनि खसी–बोका ल्याउँदै छन् । नेपाल खाद्य संस्थानले करिव चार करोड रुपैयाँका भेडाच्यांग्रा खरिद गरेर ल्याउँदै छ उपभोक्तालाई स्वस्थ्य र सस्तोमा मासु खुवाउने व्यवस्था मिलाउन विभिन्न जिल्लाबाट भेडाच्याङग्रा र खसी–बोका ल्याउन लागिएको संस्थानले जनाएको छ ।

२०७५ असोज १२ गते प्रकाशित

वि.सं.२०७५ असोज १२ शुक्रवार १०:०६ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...