back
NMB ad

देउवा बहुमत तर्फ, फर्मुल्लाहले खोले खाता

Kumari bank ad

काठमाडौं । नेपाली काँग्रेसको मत परिणाम आउने क्रम जारी रहँदै मुस्लिम कोटाबाट सभापति देउवा क्याम्पका फरमुल्लाह मन्सुरले केन्द्रिय सदस्यको खाता खोलेका छन् ।

१३ औं महाधिवेशन शुरु हुनु एक दिनअघि संस्थापन क्याम्प छाडेर देउवा क्यामम्पमा पुगेका फरमुल्लाह मन्सुर मुस्लिम कोटाबाट कांग्रेस केन्द्रीय सदस्य बनेका हुन् । तीन दिनदेखि जारी मत गणनाको नतिजा हेर्दा सभापति देउवाको पक्षमा सुविधाजनक बहुमत पुग्ने संकेत देखिएको छ ।

बिहीबार पार्टी मूख्यलाय सानेपामा सम्पन्न मतगणनामा उनले रामचन्द्र पौडेलको प्यानलका मोहम्मद अफताव आलमलाई पराजित गरे ।

केन्द्रीय सदस्यमा विजयी हुने क्रममा उनले १२ सय २६ मत ल्याउन सफल भए । उनका प्रतिस्पर्धी अफताव आलमले एक हजार ४४ मत ल्याए ।

संस्थापन पक्षले कोषाध्यक्ष पद नदिने भएपछि मन्सुर महाधिवेशनको एक दिन अघि दलबलसहित देउवा क्याम्पमा पुगेका थिए । मध्यतराईको जिल्लामा बलियो पकड रहेका बाराका मन्सुरले देउवालाई जिताउन संस्थापनलाई छाडेको बताएका थिए ।

२९ फागुन २०७२ / १२:००

वि.सं.२०७२ फागुन २९ शनिवार १२:०३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...