back
NMB ad

पशुपालनमा कोरिया देखि रुपन्देही सम्म

Kumari bank ad

बुटवल । कोरियाको गाई, बाख्रा, कुकुरको फार्ममा लामो अनुभव हासिल गर्नुभएका रुपन्देही सैनामैना– ४ का गिरीराज भट्टराईले पशुपालन गरेर मनग्य आम्दानी गर्न सफल भएको छ ।

हिमालयन पशुपालन फार्म सञ्चालन गरेर मासिक रु ६० हजार आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो । भट्टराईले भन्नुभयो, “कोरियामा मैले गाईबाख्रा, कुकुर र कुखुराको खोर बनाउने कम्पनीमा काम गरेको थिए, त्यसैका आधारमा मैले यहाँ दूध उत्पादन गर्न पशुपालन फार्म सञ्चालन गरेको छु ।”

कोरियाबाट फर्केर फर्निचर व्यवसायमा हात हाल्नुभएका उहाँले सो व्यवसायमा सफलता नपाएपछि पशुपालन व्यवसाय शुरु गर्नुभएको हो । भट्टराईको पशुपालन फार्मबाट दैनिक ७५ लिटर दूध उत्पादन हुने गरेको छ । त्यसबाट मासिक रु एक लाख ५७ हजार आम्दानी हुने उहाँले बताउनुभयो । फार्ममा ११ भैँसी र तीन उन्नत जातका गाईबाट उत्पादन हुने गरेको दूध स्थानीय बजारमा नै खपत हुने गरेको बताइएको छ । गुजराति मुर्रा, अर्ना, जर्सी र होलस्टेन जातका गाई र भैँसी उक्त फार्ममा देख्न पाइन्छ ।

“भैँसीभन्दा गाईबाट धेरै आम्दानी हुने गरेको छ, त्यति मात्रै होइन दूध उत्पादन क्षमता पनि गाईभन्दा भैँसीको कम हुन्छ” उहाँले भन्नुभयो, “ पशुपालन गर्दा कोरियामा सरकारले सबै कुराको व्यवस्थापन गर्छ तर यहाँ अनुदान वा अन्य सुविधाका लागि पनि पहुँचवाला नै चाहिन्छ ।”

पशुपालन गर्दा कोरियामा कुन पशु पाल्ने हो, पहिले त्यसको छनोट गरिन्छ । गाई पाल्नेले कुकुर पाल्न नपाइने र कुकुर पाल्नेले कुखुरा पाल्न नपाइने नियम कोरियामा रहेको उल्लेख गर्दै उहाँले पशुपालन व्यवसायमा सफलता हासिल गर्न गाईको दूध उत्पादन पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

छ वर्षदेखि पशुपालन गर्नुभएको भट्टराइले कोरियाको पशुपालन गर्ने प्रविधि र पद्दति तथा नेपालमा पशुपालन गर्ने प्रक्रिया निकै भिन्न रहेको बताउनुहुन्छ । कोरियाका सरकारले खोर बनाउन मात्रै ७५ प्रतिशत अनुदान दिइने गरिन्छ तर नेपालमा बनाइसकेपछि मात्रै अनुदान दिने चलन छ ।

एउटा गाईबाट मात्रै दूध उत्पादन शुरु गर्नुभएको उहाँको फार्ममा अहिले रु १५ लाखको लगानी छ र त्यसलाई अझ विस्तार गर्ने लक्ष्य छ । सैनामैनालाई दूूध उत्पादनमा आत्मनिर्भर बनाउन कृषि तथा पशुपालनतर्फ लगानी बढाउने र कृषि तथा पशु बीमालाई प्रोत्साहित गरी सहकारीमार्फत व्यावसायिक कृषि उत्पादन गर्ने समूहलाई विशेष अनुदानको व्यवस्था गरिने सैनामैना नगरपालिकाको आर्थिक वर्ष ०७४/७५ को नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

रुपन्देहीमा करीब ४०० गाई फार्म र २०५ भैंसी फार्म दर्ता छन् । जसमा कूल रु ३० करोड भन्दा बढी लगानी रहेको जनाइएको छ । रासस

२०७५ असोज ३० गते प्रकाशित

वि.सं.२०७५ असोज ३० मंगलवार १६:३३ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...