back
NMB ad

त्रिवि वेल्ट एण्ड रोड अन्तराष्ट्रिय विज्ञान संघको गर्भनिङ वोर्डमा निवार्चित

Kumari bank ad

काठमाडौ । चिनको ‘बेल्ट एण्ड रोड’ अन्तराष्ट्रिय विज्ञान संघको स्थापना सम्मेलनका साथै वैज्ञानिक तथा प्रविधि अन्तराष्ट्रिय गोष्ठीले त्रिभुवन विश्वविद्यालय गर्भनिङ वोर्डमा निर्वाचित गरेको छ ।

नोभेम्वर ३ देखि ५ सम्म राजधानी बेइजिङ स्थित पैचिङमा आयोजना गरिएको उक्त सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थराज खनियाको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

सम्मेलनमा बेल्ट एण्ड रोड क्षेत्रका ३७ वटा विश्वविद्यालय एवं विज्ञान प्रतिष्ठानहरु सम्मिलित रहेका थिए । सम्मेलनको उद्घाटन चिनका सह प्रधानमन्त्री लिऊ ह ले गर्नुभएको थियो । सम्मेलनमा बेल्ट एण्ड रोड अन्तराष्ट्रिय विज्ञान संघको विधान पास भएको थियो । विधान अनुसार वनेको कार्यसमितिले गभर्निङ वोडमा नेपालको प्रतिनिधिको रुपमा त्रिभुवन विश्वविद्यालयलाई चयन गरेको छ । ३७ वटा फाउण्डर सदस्यहरु मध्ये ९ वटा प्राज्ञिक एवम् वैज्ञानिक संस्था गभर्निङ वोर्डमा छनौट भएका हुन ।

पहिलो २ वर्षे कार्यकालको लागी चाइनिज एकेडेमी अफ साइन्सेस अध्यक्षमा चयन भएको छ भने रसियन एकेडेमी अफ आइसेन्स र पाकिस्तान एकेडेमी अफ साइसेन्स सहअध्यक्षको रुपमा चयन भएका छन् । बेल्ट एण्ड रोड अन्तराष्ट्रिय विज्ञान संघको सचिवालय इस्सिच्युट अफ टिवेटियन प्लेटु रिसर्च, चाइनिज एकेडेमी साइन्सेस बेइजिङमा राख्ने निर्णय समेत भएको छ ।

संघले वेल्ट एण्ड रोड क्षेत्रको दिगो विकास,प्राज्ञिक उन्नयन,वैज्ञानिक एवं सिर्जनशिल अनुसन्धानको क्षेत्रमा सहयोगको आदान/प्रदान,सूचना तथा प्रविधिको आदान/प्रदान, वैज्ञानिक सहयोगको नेतृत्व, विज्ञान तथा प्रविधिको विकासका लागी सरकार र निति निर्मातालाई सुझाव, भुमण्डलिय एवं क्षेत्रिय महत्वपूर्ण विषयहरुमा संयुक्त अनुसन्धानलाई आफ्नो प्राथमिकताको क्षेत्र वनाएको ‘बेल्ट एण्ड रोड’ अन्तराष्ट्रिय विज्ञान संघको कार्यदलका सदस्य एवं जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्रा.डा.विनोद दवाडीले जानकारी गराउनुभयो । सम्मेलनमा चिनका राष्ट्रपति सी चिन फिङले सम्मेलनको सफलताको शुभकामना सन्देश पठाउनुभएको थियो ।

२०७५ कार्तिक २६ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक २६ सोमवार १५:०५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल मिलाइनेछः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:५०

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारको नीति तथा कार्यक्रम,...

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:२८

काठमाडौँ, २५ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा...

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकियो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १४:१५

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख : सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग...