back
NMB ad

१६ औँ हस्तकला व्यापार मेला तथा १४ औँ हस्तकला प्रतियोगिता सुरु

Kumari bank ad

काठमाडौं । नेपाल हस्तकला महासंघको १६ औँ हस्तकला व्यापार मेला र १४ औँ हस्तकला प्रतियोगिता काठमाण्डौँको भृकुटीमण्डपमा सुरु भएको छ । बिहीबारबाट सुरु भएको मेला मंसिर २ गते सम्म चल्नेछ ।

मेला उद्घाटन गदै अर्थ मन्त्रि डा.युवराज खतिवडाले स्थानीय कच्चा पदार्थमा आधारित, स्वदेशी शिल्पी तथा सिर्जनामा कुँदिएका हस्तकलाका सामानहरुको यथोचित प्रवद्र्धन हुन सकेमा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने निश्चित रहेको बताउँदै यसको विकास र प्रवद्र्धन गर्न सरकारले सक्दो सहयोग गर्ने बताएका छन ।

कार्यक्रममा १४ औँ हस्तकला प्रतियोगितामा सहभागीहरु मध्यबाट उत्कृष्टलाई नगद सहित सम्मान समेत गरिएको थियो ।
मेला संचालनको लागि १ करोड खर्च लाग्ने र २५ लाख रुपैयाँ सरकारले सहयोग गरेको छ भने १ लाख रुपैयाँ सहयोग उद्योग वाणिज्य महासंघले गरेको छ ।

मेलामा १० करोड बराबर कारोबार हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा ललितपुर महानगरलाई हस्तकला सिटी घोषणा गरिएको थियो । कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन, नेपाल चेम्बर्स अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्ल, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायतको उपस्थिती रहेको थियो । यसै बिचम महासंघको स्मारिका समेत विमोचन गरिएको थियो ।

मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फ्लेटका सामान उनी तथा सुर्ती एवं ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशनी तथा बिक्रिका लागि राखिएको छ ।
मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्वर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य संघ, स्वच्छ व्यवसायी समूह नेपालले सहयोग गरेका छन ।

मेलामा ४५ जिल्लाका २०० वटा भन्दा बढी स्टलहरु सहभागी भएका छन । मेलामा भारत, चीन, पाकिस्थान, श्रीलंका र बंगलादेशका २० वटा स्टलहरु समेत रहेका छन ।

२०७५ कार्तिक २८ गते प्रकाशित

वि.सं.२०७५ कात्तिक २८ बुधवार १८:३४ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...