back
NMB ad

जनतामा उत्साह जगाउने काम गर्न मुख्यमन्त्री राईको निर्देशन

Kumari bank ad

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत प्रगति समिक्षा कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो निर्देशन दिनुभएको हो ।

जनतामा निराशा छाउँदै गएको, सरकारले परिणाम देखाउने गरी काम गर्न सकेन जस्ता कुराहरु बाहिर आउन थालेका छन्, जनताको आशालाई मर्न दिनु हुँदैन, मुख्यमन्त्री राईले भन्नुभयो, जनतामा उत्साह र विश्वास हामीले जगाउन सक्नुपर्छ । जनताको आवश्यकता र चाहनालाई हेक्का राखेर काम गर्न मुख्यमन्त्री राईले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारको बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने सबै संयन्त्र १५ दिन भित्र तयार गर्न समेत निर्देशन दिनुभएको छ । प्रदेश मातहत संरचनाहरु आएका छन्, बनेका छन्, हामी काम गर्ने विन्दुमा प्रवेश गरेका छौं, मुख्यमन्त्री राईले भन्नुभयो, यो १५ दिन भित्र आवश्यक पर्ने सबै संयन्त्रहरु तयार गरेर अगाडि बढ्नुहोस् ।

यो आर्थिक वर्षको चार महिना सकिएको छ, मुख्यमन्त्री राईले भन्नुभयो, अब बाँकी रहेको समय अलिकति पनि खेर नफालौं, कर्मचारी, कार्यालय, कार्यविधि, निर्देशिका सबै तयार पारेर बजेट कार्यान्वयन गर्नुपर्छ ।
प्रदेश १ सरकारको नीति कार्यक्रम तथा बजेट राम्रो रहेको भन्दै उहाँले यसको कार्यान्वयमा विशेष ध्यान दिन सबैलाई निर्देशन दिनुभएको हो ।

बजेट कार्यान्वयनमा अनेक बाहानबाजी देखाएर कसैले पनि छुट नपाउँने भन्दै मुख्यमन्त्री राईले कर्मचारी भएनन्, समय पुगेन भनेर कसैले भन्न मिल्दैन । काम गर्न केले समस्या भएको छ, सचिवले विभागिय मन्त्रीलाई भन्नुपर्याे मन्त्रीले मलाई भन्नुपर्याे, मन्त्रिपरिषदबाट भए पनि काम गर्ने वातावरण बन्छ ।

कसैले पनि हिनताबोधको भाव प्रकट नगरी दृढ इच्छाशक्ति, जोश र जाँगरका साथ काम गर्न मुख्यमन्त्री राईले निर्देशन दिनुभएको हो । प्रगति समिक्षामा मन्त्रालयगत सबै सचिवहरुले कामको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

२०७५ मंसिर ७ गते प्रकाशित

वि.सं.२०७५ मंसिर ७ शुक्रवार १३:२८ मा प्रकाशित

You can share this post!

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...