back
NMB ad

प्रदेश नं १ का मुख्यमन्त्री र राजदुत तथा दातृ निकायका प्रतिनिधिबीच छलफल

Kumari bank ad

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र नेपालका लागि स्विटजरल्याण्डका राजदुत तथा विदेशीदातृ निकायका प्रतिनिधिबीच छलफल भएको छ । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा नेपालका लागि स्विटजरल्याण्डका राजदुत एलिजावेथ  भानक्यापलर, डिएफआइडीका नेपाल प्रमुख रुरिक मार्सदेन र विश्व बैंकका प्रतिनिधि जर्ज लार्बीको सहभागिता थियो ।

छलफलका क्रममा उक्त टोलीले प्रदेश सरकारका प्राथमिकता, सहयोगको क्षेत्र, समस्या र चुनौतीको बारेमा जिज्ञासा राखेको थियो ।
छलफलका क्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारले अगाडि सारेका योजना, काम लगायतका बारेमा बताउनु भएको थियो । उहाँले प्रदेश सरकारले कानुन निर्माणलाई तिब्रता दिएको र आवद्यिक योजना निर्माणलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।

संविधानमा उल्लेख भएको अधिकार प्रदेश सरकारले प्रयोग गर्दे अगाडि बढिरहेको मुख्यमन्त्री राईले बताउनुभयो । छलफलका क्रममा मुख्यमन्त्री राईले प्रदेश १ को विशेषता, सम्भावनाका बारेमा अवगत गराउनु भएको थियो । राजुदुत क्यापलरले नेपालले हासिल गरेको उपलब्धी संसारका लागि उदाहरणीय भएको बताउनुभयो । छलफलबाट प्रदेशको भूमिका बुझ्न राम्रो अवसर मिलेको उहाँको भनाई थियो ।
विश्व बैंकका प्रतिनिधि लारर्बीले प्रदेश सरकारसँग सहकार्य गर्न आतुर रहेको बताउनुभयो ।

संघीय सरकारको ्अनुमतिमा अहिले हामी सबै प्रदेश सरकारसँग छलफल गरिरहेका छौं, उहाँले भन्नुभयो प्रशासनिक र संरचनागत हिसाबले हामी सहयोग गर्छाै । हामी लामो समय देखी एकात्मक संरचनामा रहेको व्यवस्थामा काम गर्याे, डिएफआइीका नेपाल प्रमुख मार्सदेनले भन्नुभयो नेपाल नयाँ संरचनामा गए सँगै प्रदेश र स्थानीय तहसँग कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे छलफलमा छौं । प्रदेश सरकारका प्राथमिकता तथा समस्या हेरेर काम गर्न सकिने उहाँको भनाई थियो ।

छलफल संघीयता कार्यान्वयनका लागि नेपाल सरकार र दातृ निकायले संयुक्त रुपमा शुरुवात गरेको क्षमता विश्लेषणमा केन्द्रित थियो । यो टोलीले यसअघि पाँच वटा प्रदेशमा यस्तै छलफल गरिसकेको छ ।

२०७५ मंसिर ७ गते प्रकाशित

वि.सं.२०७५ मंसिर ७ शुक्रवार १५:२५ मा प्रकाशित

You can share this post!

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...