back
NMB ad

अब जमाना आफै दिसापिसाब धोइदिने ट्वाइलेटको

Kumari bank ad

काठमाण्डौं । विकसित मुलुकहरुमा प्रचलित भइसकेको ट्वाइलेट गइसकेपछि दिशापिसाब आफैँ धोइदिने अटोमटिक ट्वाइलेट प्यानलाई बालाजुमा रहेको सजना ट्रेड लिंक प्राइभेट लिमिटेडले विक्री सुरु गरेको छ ।

सजना ट्रेड लिंकले जापानीज कम्पनी पानासोनिकको कम्पनीबाट उत्पादित अटोमेटिक ट्वाइलेट प्यानको विक्री सुरु गरेको हो। संगीत समेत सुन्न मिल्ने अटोमेटिक ट्वाइलेटको सेन्सर आफैँले दिशापिसाब पश्चात फल्स गर्ने गर्दछ। साथै यो ट्वाइलेटमा पानी तातो चिसो दुवै बनाउन मिल्छ भने तातो हावाबाट पानीले भिजेका शरीरका अङ्गहरु सुख्खा पार्न पनि सकिन्छ।

यस्तो अटोमेटिक ट्वाइलेटहरुको मूल्य ९८ हजार ५ सय देखि २ लाख ३० हजार सम्म रहेका छन्। सजना ट्रेडलिंकका प्रोपाइटर सरोज न्यौपानेका अनुसार ९८ हजार ५ सय रुपैयाँमा उपलब्ध अटोमेटिक ट्वाइलेटमा दिशापिसाब आफैँ धुने सिस्टम जडान भएकोले महँगो भएको बताए। तर अटोमेटिकक ट्वाइलेट प्रयोग गर्नलाई विद्युत भने अनिवार्य रुपमा उपलब्ध हुनपर्छ।

विद्युतको सहायतमा नै यसको कोमटमा पानी तातो र चिसो बनाइन्छ। साथै विद्युतको सहायतामा नै तातो हावा निकालिन्छ। यसको कोमटको दायाँ भागमा विभिन्न बटनहरु रहेका हुन्छन्। जसको सहायताले पानी चिसो तातो बनाउन सकिन्छ ।

सजना ट्रेड लिंकले आफ्ना ग्राहकको लागि फ्रि डेलिभरीको व्यवस्था गरेको छ। साथै यो ट्वाइलेटमा १ वर्षको वारेन्टी प्रदान गरिने न्यौपाने बताउँछन्। विशेषगरी वृद्धवृद्धा, अपाङ्गता भएका र बालबालिबा लागि यो निकै नै उपयोगी हुने न्यौपाने बताउँछन्। साथै पायल्सका रोगीहरुका लागी समेत यो ट्वाइलेट बढी उपयोगी रहेको उनको भनाई छ।

सन् २०१० मा कामको सिलसिलामा जापानमा गएको बेला न्यौपानेले आफैँ दिशापिसाब धोइदिने ट्वाइलेट देखेपछि नेपाल आएर उनले त्यसलाई नेपालमा भित्र्याएका हुन्।

प्रकाशित : सेतोपाटी, ३० फागुन २०७२

वि.सं.२०७२ फागुन ३० आइतवार १०:५४ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...