back
NMB ad

नयाँ व्यवस्थासँगै सेयर बजारमा सुधार, ऋणको ब्याजदर पनि घट्दै

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजार सुधारका लागि नयाँ व्यवस्था गरेसँगै सेयर उकालो लागेको छ । हिजो ३० अकंले बढेको नेप्से आज पनि बढने अपेक्षा गरिएको छ । केन्द्रीय बैंकले आधार गणना गर्ने विधिमा पनि परिवर्तन गरेको छ । यसले ०.७५ प्रतिशत बिन्दुसम्म ऋणको ब्याजदर घट्ने अनुमान गरिएको छ । राष्ट्र बैंक बैंक तथलो वित्तीय संस्थालाई सेयर धितोमा मूल्यको ६५ प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था गरेको छ । यसअघि सेयर धितोमा मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाउने व्यवस्था थियो ।

यसअघि सेयर बजार सुधार गर्न अर्थमन्त्री युवराज खतिवडाले केन्द्रीय बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेका थिए । सोही समितिले दिएको सुझाव प्रतिवेदनका आधारमा केन्द्रीय बैंकले नयाँ परिपत्र जारी गर्दै नयाँ व्यवस्था गरेको हो ।

यसैगरी, सूचीकृत नभएका हकप्रद तथा बोनस सेयरलाई समेत हिसाब गरेर मार्जिन कल गर्न सकिने व्यवस्था गरिएको छ । यसले पनि लगानीकर्तालाई निकै ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । केन्द्रीय बैंकले बैंकलाई ब्रोकर लाइसेन्स दिने बाटो पनि प्रस्ट पारिदिएको छ । अब वाणिज्य बैंकहरुले सहायक कम्पनी खडा गरेर ब्रोकरको काम गर्न सक्नेछन् । यसैगरी, मार्जिन ट्रेडिङ प्रक्रिया पनि अघि बढ्ने स्पष्ट संकेत केन्द्रीय बैंकले गरिदिएको छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाले लगानीकर्तालाई प्रोत्साहित गरेको छ । केन्द्रीय बैंकले यसअघि नै बैंक ब्याजदरमा अंकुश लगाइसकेको छ । केन्द्रीय बैंकले स्प्रेड दर घटाउन समेत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यसैगरी, सेयर कर्जा बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पुँजीको बढीमा ४० प्रतिशतसम्म प्रवाह गर्न पाउने भएको छन् । यसअघि २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउँथे । समग्रमा केन्द्रीय बैंकको निर्णय पुँजी बजारमैत्री देखिएको र यसले सेयर बजार अझै बढ्ने अपेक्षा गरिएको छ ।

२०७५ पौष १२ गते प्रकाशित

वि.सं.२०७५ पुस १२ बिहीवार १०:१९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...