back
NMB ad

विपद व्यवस्थापनका काम प्रभावकारी ढंगले सञ्चालन हुन्छ : मुख्यमन्त्री राई

Kumari bank ad

विराटनगर । प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं.१ मा विपद् व्यवस्थापनको काम प्रभावकारी र नमुना ढंगले सञ्चालन हुने बताउनु भएको छ । बिहिबार विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी आयोजित कार्यक्रममा उहाँले विपद व्यवस्थापनमा बिगतका सरकारले ठोस ढंगले पूर्व तयारी नगरेका कारण प्रशस्त जनधनको क्षति भएको बताउनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सरकारले विपद जोखिम न्यूनीकरणको काम कामचलाउ ढंगले नभई प्रभावकारी ढंगले संचालन गर्नु पर्ने धारणा राख्नुभयो । प्रदेश सरकारको नीति, संरचना र योजना विपद जोखिम न्यूनीकरणमैत्री छ भन्दै उहाँले विकास र समृद्धिको कुरा गर्दा विपद जोखिमलाई पनि न्यूनीकरण गर्ने तर्फ विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याउनुभयो ।

मुख्मन्त्री राईले विपद जोखिमलाई लत्याएर विकास र समृद्धिको काम व्यर्थ हुने भन्दै प्रदेश नं.१ मा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनिसकेको र अव नियमावली एवं निर्देशिका बन्ने तयारीमा रहेको जानकारी गराउनुभयो । उहाँले विपद जोखिम न्यूनीकरण अभियानलाई सफल पार्न सबै नागरिकलाई साथमा लिएर अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो । विपद अगाडि तयारी र ध्यान पु¥याउन सके कम क्षति हुने मुख्यमन्त्री राईको भनाई थियो ।

२०७५ पौष १२ गते प्रकाशित

वि.सं.२०७५ पुस १२ बिहीवार १४:४१ मा प्रकाशित

You can share this post!

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ   

वि.सं.२०८१ जेठ १४ सोमवार ०७:०७

काठमाडौँ :  नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ...

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५९

काठमाडौँ : तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९/८० को...

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

महालेखापरीक्षकको प्रतिवेदन: सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:५०

काठमाडौँ : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति...

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

चार सवारी साधन एकापसमा ठोक्किए : एक जनाको मृत्यु, २२ घाइते   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:४२

चितवन, १४ जेठ : चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९...

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३८

खजुरा (बाँके) :  गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी...

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

प्रदूषण शुल्कबापतको १९ अर्ब ६० करोड प्रयोजनहीन   

वि.सं.२०८१ जेठ १४ सोमवार ०६:३१

काठमाडौँ :  नेपाल सरकारले मुलुकभित्र बिक्री वितरण हुने पेट्रोल तथा...