back
NMB ad

मेगा बैंकले ७.८५ प्रतिशत लाभांश प्रस्ताव सहित पौष ३० मा बोलायो साधारणसभा

Kumari bank ad

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुलाई बोनस शेयरसहित ७ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मेगा बैंकले आर्थिक वर्ष २०७४/७५ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य अन्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको ६.८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार ५ सय ७० रुपैँया ५९ पैंसा नगद लाभांश दिन लागेको हो ।

यसैगरी, चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशले हुन आउने १० करोड ३० लाख ९४ हजार ८ सय ७५ रुपैँया ८० पैसा बोनस शेयर दिन लागेको बैंकले जनाएको छ । तत्कालीन नेपाल लेखामान (GAAP)बमोजिम तयार पारिएको वित्तीय विवरणको आधारमा वितरणयोग्य मुनाफाको प्रतिशत दोहोरो अङ्कमा देखिए पनि नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम वित्तीय विवरण तयार गर्दा मुनाफाको हिस्सा जगेडा तथा कोषहरु सार्नु परेकोले ७.८५ प्रतिशत मात्र लाभांश हुन आएको हो ।

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडसँगको मर्जरबाट प्राप्त शेयर स्वाप आदानप्रदान बापतको पुँजीगत कोष १० करोड ५ लाख ३० हजार ९ सय ९५ रुपैँया र बाँकी २५ लाख ६३ हजार ८ सय ८१ रुपैँया सोही मर्जरबाट प्राप्त शेयर प्रिमियम रकम नगद लाभांश मार्फत दिन नमिल्ने भएकोले बोनस शेयरको रुपमा मात्र वितरण गर्न मिल्ने हुँदा चुक्ता पुँजीको १ दशमलव ००२३३ प्रतिशल प्रस्तावित बोनस शेयर छुट्टाइएको हो । नगद र बोनस शेयर गरी ८० करोड ७६ लाख ५३ हजार ४ सय ४६ रुपैँया ३९ पैंसा लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

बैंक सञ्चालक समितिको २३७ औं बैठकले निर्णय गरेको लाभांश बाँड्ने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले समेत स्वीकृति दिइसकेको छ । लाभांश वितरण लगायतका अन्य निर्णयका लागि बैंकले पुस ३० गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

मेगा बैंकको हालको चुक्ता पूँजी १० अर्ब २८ करोड ५५ लाख २६ हजार ५ सय ७८ रुपैयाँ रहेको छ । प्रस्तावित बोनसपछि मेगाको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ करोड २१ हजार ४ सय ५३ रुपैयाँ पुग्नेछ । मेगा बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा निक्षेप ६८ प्रतिशतले र कर्जा ७७ प्रतिशतले वृद्धि गरेको छ भने बैंकको मुनाफा ३९५ प्रतिशतले वृद्धि भई ४० करोड २५ लाख ३ हजार रुपैयाँ कायम भएको छ । बैंकको व्यवसायको आकार लगायत मुनाफामा भएको यो वृद्धि वाणिज्य बैंकहरु मध्येकै अधिकतम वृद्धि दर हो । बैंकले प्रतिशेयर १५ रुपैयाँ ४४ पंैसा खूद मुनाफा आर्जन गरेको छ भने अघिल्लो बर्ष सोहि अवधिमा बैंकले प्रतिशेयर ६ रुपैयाँ ८८ पंैसा खूद मुनाफा आर्जन गरेको थियो ।

२०७५ पौष १३ गते प्रकाशित

वि.सं.२०७५ पुस १३ शुक्रवार ०९:१२ मा प्रकाशित

You can share this post!

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...