back
NMB ad

तीनै तहका सरकारसँग सहकार्य गर्न नीजी क्षेत्र तयार छ : ढकाल

Kumari bank ad

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय विकाशका लागि नेपालको नीजि क्षेत्र तीनै तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा पुस १३ गतेदेखि शुरु भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले उक्त कुरा उल्लेख गर्नुभएको हो ।

देशको विकासका लागि मलेशियाको प्रसंग उल्लेख गर्दै नीजि क्षेत्रको सहभागिताले देशको चौतर्फी विकाशमा मुख्य भूमिका खेल्ने विचार ब्यक्त गर्नुभएको थियो । नेपाल सरकारका माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई प्रदेश नम्बर तीनका माननीय मन्त्री अरुण नेपाल, सार्क चेम्बरका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ सदस्य चण्डीराज ढकाल, स्थानीय जनप्रतिनिधिहरू एवम् विभिन्न उद्योगी व्यवसायीहरूले सम्बोधन गर्नुभएको थियो ।

सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिटेन्स, बैंकिङ्ग, सूचना–प्रविधि, उर्जा, पर्यटन, अटोमोटिभ, इन्सोरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिट्यालीटी लगायतका विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै मुलुक भित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।

२०७५ पौष १५ गते प्रकाशित

वि.सं.२०७५ पुस १५ आइतवार १६:२० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...