back
NMB ad

शिखरको भृकुटी मण्डपमा एकल सेल मेला सुरु, १७५ रुपैयाँमै जुत्ता

Kumari bank ad

काठमाडौं । शिखर सुजले राजधानीको भृकुटीमण्डपमा विहीबारदेखि एकल सेल मेला सुरु गरेको छ । मेलामा अविश्वसनीय मूल्यमा शिखरका जुत्ता उपलब्ध गराइने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले बताए । मेलाको प्रदेश नम्बर ३ का आर्थिक मामला मन्त्री कैलास ढुंगेलले शुक्रबार उद्घाटन गरे । मन्त्री ढुंगेलले स्वदेशी जुत्ता उद्योगलाई प्रदेश सरकारले संरक्षण गर्ने बताए । उनले नेपाली जुत्ता उपयोग गरेर नेपाली नागरिकले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नु पर्ने बताए ।

मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने शिखर सुजका प्रबन्ध निर्देशक प्रसाईले बताए । उनका अनुसार मेलामा १७५ रुपैयाँ मूल्यदेखिका जुत्ताचप्पल उपलब्ध छन् । मेलामा हरेक जुत्ता चप्पलमा ग्राहकले कम्तीमा १५ प्रतिशत छुट पाउने छन् ।  शिखरको सेल मेला ग्राहकका लागि निकै सस्तोमा जुत्ता चप्पल किन्ने अबसर हुने कम्पनीले दावी गरेको छ । अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ताचप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन्, प्रबन्ध निर्देशक प्रसाइले भने, राजधनीका ग्राहकलाई यस्तो अबसर फेरि नआउन सक्छ ।

मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध हुने छन् । नयाँ देखि स्टकमा रहेका जुत्ता स्टक क्लियरेन्स गर्ने गरी शिखरले मेलामा राखेको छ । स्टक क्लियरेन्स गर्ने जुत्ता सोलकै मोलमा उपलब्ध गराउने छौं, प्रसाईंले भने । मेलामा महिलाका लागि समेत जुत्ताचप्पल उपलब्ध हुनेछन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता, बुटलगायत उत्पादन गर्दै आएको छ ।

२०७५ पौष २२ गते प्रकाशित

वि.सं.२०७५ पुस २२ आइतवार १०:४१ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...