back
NMB ad

थाहा पाउनु भयो, यी दुई वित्तिय संस्थाको लिलामी सकार्ने अन्तिम म्याद आज !

Kumari bank ad

काठमाडौं । सेन्चुरी बैंक लि र नयाँ नेपाल लघुवित्त वित्तिय संस्थाको सेयर लिलामी सकार्ने आज अन्तिम म्याद हो ।
सेन्चुरी बैंकको १८ लाख ७० हजार २७४ कित्ता र नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको ४७ हजार ७६३ कित्ता सेयर लिलामी सेयरमा बोलपत्र पेश गर्ने बुधबार (पुस २५ गते) अन्तिम दिन हो ।
सेन्चुरीले पुस १८ गतेदेखि संस्थापक समूहको १४ लाख ६१ हजार ९९ कित्ता र सर्वसाधारण समूहको ४ लाख ९ हजार १७५ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

लिलामीमा न्यूनतम १०० रुपैयाँलाई अधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । नेप्सेमा सेन्चुरीको मंगलबार दोस्रो बजारमा प्रतिकित्ता १७० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसमा न्यूनतम १०० कित्तादेखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिनेछ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल, सुन्धारा काठमडौं तथा सेन्चुरी बैंकका विराटनगर, धरान, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, बिर्तामोड र हेटौंडा शाखामा बोलपत्र पेश गर्न सकिनेछ ।

हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३४ लाख ३५ हजार रुपैयाँ छ । जगेडा कोषमा १ अर्ब ३८ करोड २५ लाख ६८ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सेन्चुरीले २७ करोड ४० लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६४ पैसा रहेको सेन्चुरीको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ १५ पैसा छ ।

नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले पुस १८ गते देखि सर्वसाधारणले समेत आवेदन दिन सक्ने गरी सेयर लिलामीमा ल्याएको हो ।

यसअधि नयाँ नेपालले मंसिर १३ देखि २० गतेसम्म सर्वसाधारण समूहको १७ हजार २६० कित्ता र संस्थापक समूहको ८६ हजार ९३ कित्ता सेयर लिलामीमा ल्याएको थियो । जसमा सर्वसाधारण समूहको सबै सेयर बिक्री भएपनि संस्थापक समूहको ४७ हजार ७६३ कित्ता सेयरमा आवेदन परेको थिएन ।

लगानीकर्ताले न्यनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिपर्धात्मक बोलकबोलमा भाग लिनुपर्नेछ । बिक्री पबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट लिलामी भर्न सकिनेछ ।

हाल यस लघुवित्तको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । बाँकी रहेको सेयर लिलामीमा बिक्री गरिसकेपछि पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नयाँ नेपालले २१ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५६ पैसा (वार्षिक) रहेको नयाँ नेपालको प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ २५ पैसा छ ।

२०७५ पुष २५ गते प्रकाशित

वि.सं.२०७५ पुस २५ बुधवार ११:२० मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...