back
NMB ad

परिणाम दिने योजनामा लगानी गरौं : मुख्यमन्त्री पौडेल

Kumari bank ad

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले परिमाण दिने योजनामा लगानी गर्नु पर्ने बताउनु भएको छ । योजना बनाउदा आबश्यकतालाई प्राथमिकता दिनु पर्ने पनि उहाँको भनाई थियो । शुक्रबार दोलखाको भिमेश्वर नगरपालिकाको २३औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अब काम गर्ने शैली पनि परिबर्तन गर्नु पर्ने बताउनु भयो ।

बिगतका शैलीले काम गर्न अप्ठ्यारो भएकोले पनि अब परिबर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उहाँले प्रदेश सरकार यो परम्पराबाट मुक्त हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘परिबर्तन आफैंबाट गर्नुपर्छ, यसको सुरुवात प्रदेश सरकारले सुरु गरिसकेको छ ।’ मुख्यमन्त्री पौडेलले थप्नुभयो ‘हामी काममा बिश्वास गर्ने मान्छे हौं, काम प्रति हाम्रो लगाव छ ।’ प्रदेशका १३ वटा जिल्लाहरुलाई समान व्यवहार गर्ने बताउँदै समान विकासको अबसर प्रदान गर्ने बताउनुभयो । प्रदेशले स्थानिय स्तरमा छलफल गरेर आबश्यकता अनुसार बिकाशका योजना तयार गर्ने जानकारी दिनुभयो । विगतमा हचुवाका भरमा बजेट विनियोजन गरेको भन्दै अव छलफल गरेर परिणाम दिने क्षेत्रमा मात्र लगानी गर्ने स्पष्ट पार्नुभयो । नेपालमा कृषिको धेरै सम्भावना रहेपनि अधिकाँस खेतबारी बाँझो रहेको बताउँदै यसलाई अधिकतम प्रयोगमा ल्याउनुपर्ने उहाँको भनाई थियो ।

योजना बैंकमा नराखी बजेट विनियोजन नहुने बताउँदै आफ्ना योजनाहरु योजना बैंकमा राख्न सुझाव दिनुभयो । अहिले प्रदेशमा कर्मचारी पर्याप्त नभएपनि सकेसम्म धेरै काम गरिरहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो ‘६० प्रतिशत कर्मचारी छैनन्, ४० प्रतिशत कर्मचारीका भरमा हामीले काम गरिहेका छौं ।’ दोलखाको बिकाशमा प्रदेश सरकारले विभिन्न योजना बनाईरहेको जानकारी दिदैं दोलखालाई फिल्म सिटी बनाउने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो ‘फिल्मसिटी बनाउनका लागि काम सुरु गर्नुस् प्रदेश सरकारले सहयोग गर्छ ।’

वि.सं.२०७५ माघ १२ शनिवार १३:४५ मा प्रकाशित

You can share this post!

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...