back
NMB ad

एनएमबि बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र आउने, १० प्रतिशत व्याज पाईने

Kumari bank ad

काठमाडौं । धितोपत्र बोर्डले एनएमबी बैंकले ३ अर्ब मूल्यको ऋणपत्र निश्कासनको स्वीकृति प्रदान गरेको छ । बैंकले १ हजार रुपैयाँ दरको ३० लाख कित्ता ‘१० प्रतिशत एनएमबि डिबेन्चर २०८५’ जारी गर्न लागेको हो । यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ।ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ । यो रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ । एनएमबि बैंकले यो ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर दिनेछ ।

एनएमबि बैंकले हालै १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिएको थियो । बोनस सेयर वितरणपछि बैंकले पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ । बैंकले यसअघि ५० करोडको ऋणपत्र निश्कासन गरिसकेको छ ।

२०७५ फागुन १६ गते प्रकाशित

वि.सं.२०७५ फागुन १६ बिहीवार १३:४८ मा प्रकाशित

You can share this post!

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...