back
NMB ad

आइएमई जनरलको १ लाख कित्ता सेयर लिलामी खुल्यो, कहाँवाट दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । आइएमई जनरल इन्सुरेन्सको फागुन २२ गतेदेखि १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी खुला भएको छ । इन्स्योरेन्सले गत पुसमा चुक्ता पूँजीको ८० प्रतिशत अर्थात ४३ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो। जसमा एक लाख ७६६ कित्ता साधारण र एक हजार ५९८ कित्ता संस्थापक गरि कूल एक लाख २ हजार ३६४ कित्ता अवितरित भएको थियो। सोही शेयर अहिले लिलामी मार्फत बिक्री गर्न लागेको हो।

कम्पनीले १० बराबर ८ अनुपातमा ४३ लाख २० हजार कित्ता खुल्ला गर्दा ४२ लाख १७ हजार ६३६ कित्ता सेयरको लागि मात्र आवेदन परेको थियो । यस लिलामीमा आवेदन दिने अन्तिम म्याद फागुन ३० गते अपराह्न ३ बजेसम्म हुनेछ। लिलामी शेयरमा ग्लोबल आईएमई क्यापिटल, तथा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु वीरगञ्ज, हेटौंडा, बुटबल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी, र पोखराबाट फागुन ३० गते बिहीबारसम्म लिलामी शेयरमा बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र भर्दा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर पेश गर्नुपर्नेछ। न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । हाल आइएमई जनरलको चुक्ता पुँजी ४२ करोड रुपैयाँ छ । हकप्रदपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यस इन्सुरेन्सले २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा छ ।

२०७५ फागुन २२ गते प्रकाशित

वि.सं.२०७५ फागुन २२ बुधवार १२:१७ मा प्रकाशित

You can share this post!

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...