back
NMB ad

नबिल बैंकको ३४ प्रतिशत लाभांश पारित 

Kumari bank ad

काठमाडौं । नबिल बैंकको सोमबार बसेको ३४ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृती अनुसार आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । विगत तीन दशकभन्दा बढी निरन्तर सेवाबाट नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ मा निजी क्षेत्रको बैंकहरुमध्ये उच्चतम मुनाफा ३ अर्ब ९८ करोड रुपैयाँ कमाउन सफल भएको छ । बैंकले जेथामा प्रतिफल २१.२२ प्रतिशत र प्रति शेयर आम्दानी ५० रुपैयाँ २५ पैसा हासिल गरी आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ६१ अर्ब रुपैयाँ पु¥याएको छ । बैंकको संचालन मुनाफा ५ अर्ब ६५ करोड रहेको छ ।

अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले वृद्घि भएको छ । वाणिज्य बैंकहरुमध्ये आव २०७३/७४ मा सबै भन्दा बढी कर राजस्वमा योगदान पु¥याए वापत बैंकले आन्तरिक राजस्व विभागबाट सम्मान प्राप्त गरेको छ । बैंकको संचालक समितिका अध्यक्ष पौड््यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको नेटवर्थ २० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित वोनस शेयर पश्चात बैंकको पुँजी यस बर्ष ९ अर्ब १ करोड रुपैयाँ नाघेको छ ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड््यालले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्र लाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पु¥याउन सफल भएकोमा हामी गौरवान्वित भएको बताउनु भयो ।

२०७५ फागुन २८ गते प्रकाशित

वि.सं.२०७५ फागुन २८ मंगलवार ११:४८ मा प्रकाशित

You can share this post!

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...