back
NMB ad

सुनको मूल्य घट्ने क्रम जारी, एक तोला सुनको ५९ हजार ७ सय रुपैयाँ

Kumari bank ad

काठमाडौं । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आउँदा स्थानीय बजारमा सुनको भाउ घटेको छ । उच्च बिन्दुमा पुगेको सुनको भाउ पछिल्लो एक महिनादेखि निरन्तर घटिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार स्थानीय बजारमा सुन प्रतितोला ५९ हजार सात सय रुपैयाँमा कारोबार भएको छ । गत हप्ता बिहीबार ६० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार ६ सय रुपैयाँले घट्दै ५९ हजार सात सयमा कारोबार भएको थियो । बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ ।

पछिल्लो केही हप्तादेखि सुनको मूल्यमा क्रमशः गिरावट आइरहेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘केही हप्तादेखि सुनको मूल्य घट्दो क्रममा छ,’ बज्राचार्यले भने, ‘अन्तर्रा्ष्ट्रिय बजारमा घटेको मूल्यले नेपालमा असर गरेको हो ।’
अन्तराष्ट्रिय बजारमा सुनको भाउ घट्ने क्रम केही दिन जारी रहन सक्ने विश्लेषण गरिएको छ ।

पछिल्लो समय सुन सस्तिनुमा दुईवटा कारण रहेको बज्राचार्यले बताए । उनका अनुसार अचेल भारतीय अर्थतन्त्रमा सुधार आउँदा भारतीय रुपैयाँ डलरको तुलनामा बलियो बनेको छ । नेपालको सुनको मूल्य पनि भारतीय अर्थतन्त्र र बजारसँग निर्भर रहने हुँदा यहाँ पनि सस्तिएको हो ।
अर्को कारण भनेको विश्व बजारमा प्रभाव पार्ने बलिया अर्थतन्त्रको व्यापारिक द्वन्द्व हो । केही महिनादेखि चीन र अमेरिकाबीच व्यापारिक द्वन्द्व छ । यसलाई मत्थर पार्ने र व्यापारिक सम्बन्ध सुधार गर्ने क्रममा केही प्रगति भएको समाचार बाहिर आइरहेका छन् । यसको प्रत्यक्ष प्रभाव सुन बजारमा पनि परेको छ । ‘चीन र अमेरिकाबीच व्यापारिक सम्बन्ध सुधारको वार्ताले लगानीकर्ता अन्य क्षेत्रमा मोडिएका छन्’ बज्राचार्यले भने, ‘सुनका लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गरिरहेका छन् ।’

फागुन ८ गते सुन पछिल्लो पाँच वर्षकै सबैभन्दा महँगो हुँदै ६३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि लगातार घट्दै गएको सुन पछिल्लो एक महिनाको अवधिमा ५९ हजार रुपैयाँभन्दा तल आइपुगेको हो ।

२०७५ चैत १९ गते प्रकाशित

वि.सं.२०७५ चैत १९ मंगलवार १२:१२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...