back
NMB ad

हिमालय ऊर्जा कम्पनीको आइपीओ खुल्ला, कति कित्तासम्म पाईन्छ भर्न ?

Kumari bank ad

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले चैत २० गते बुधबारदेखि सर्वसाधारणमा १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ । यसमध्ये ४४ हजार ५५० कित्ता सेयर कर्मचारीलाई र ७४ हजार २५० कित्ता सामूहिक लागनी कोषलाई छुट्याइएको छ । बाँकी सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक–वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गरेको हो । आईपिओमा न्यूनतम ५० कित्ताका लागि पाँच हजार रुपैयाँदेखि अधिकतम ६ हजार ५०० कित्ताका लागि ६ लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन पाइनेछ । संस्थापक सञ्चालक, र आयोजना प्रभावितका लागि शेयर खरिद गरिसकेका व्यक्तिले यस आईपिओमा आवेदन गर्न पाउने छैनन् ।

कम्पनीले जारी पुँजी ९९ करोड रुपैयाँको १५ प्रतिबत सेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो । हिमालयले यसअघि आयोजना प्रभावित स्थानीयलाई ९ लाख ९० हजार कित्ता सेयर बिक्री गरेको थियो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले हिमालय उर्जाको आइपीओलाई ग्रेड ४ रेटिङ दिएको छ ।

२०५६ सालमा स्थापना भएको यस कम्पनीले हाल रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा उपल्लो खिम्ती जलविद्युत आयोजना ९१२ मेगावाट र अपर खिम्ती जलविद्युत आयोजना ९७ मेगावाट विद्युत परियोजना निर्माण गरिरहेको छ ।

२०७५ चैत २० गते प्रकाशित

वि.सं.२०७५ चैत २० बुधवार १०:२३ मा प्रकाशित

You can share this post!

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...