back
NMB ad

भूकम्पले भत्काएका आठ सय ९५ गुम्बाको पुनर्निर्माण गरिदै

Kumari bank ad

काठमाडौं । भूकम्प गएको ४८ महिनापछि मात्र सरकारले ८ सय ९५ गुम्बा तथा बिहार पुननिर्माणको काम थालेको छ । २०७२ वैशाख १२ को भूकम्पबाट मुलुकभरका ८ सय ९५ गुम्बा तथा बिहारमा क्षति पुगेको थियो ।

सरकारले भूकम्प गएको ३५ महिनापछि अर्थात २०७४ को फागुनमा मात्र पुननिर्माण गर्नुपर्ने गुम्बा तथा बिहारको सूची तयार पारेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ वैशाख १२ को भूकम्पबाट पूर्ण तथा आंशिक क्षति भएका गुम्बा/बिहारको अन्तिम सूची तयार पारी पुनर्निर्माण प्रक्रिया अगाडि बढाएको थियो ।

भूकम्प प्रभावित ३१ जिल्लामा कुल आठ सय ९५ गुम्बा तथा बिहार पुनर्निर्माण गर्नुपर्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सिएलपिआइयू)ले तयार पारेको थियो । पूर्ण रुपमा क्षति भएका उक्त गुम्बा÷बिहार भत्काएर पुनर्निर्माण गर्नुपर्ने र आंशिक क्षति भएका तीन सय ३० गुम्बा तथा बिहार मर्मत गर्नुपर्ने प्राधिकरणको सम्पदा तथा सार्वजनिक भवन महाशाखाले बताएको छ ।

सिएलपिआइयूले गत मंसिरमा ९० जना इन्जिनियर खटाएर भूकम्प प्रभावित ३१ जिल्लाका गुम्बाको क्षति सर्वेक्षण गरेको थियो । सर्वेक्षण गरिएका कुल एक हजार तीन सय ६० गुम्बा तथा बिहारलाई पाँचवटा ‘ग्रेड’मा वर्गीकरण गरिएको छ । जस अनुसार ग्रेड १ मा ७१, ग्रेड २ र ३ मा तीन सय ३० तथा ग्रेड ४ र ५ मा आठ सय ९५ गुम्बा परेका छन् ।

महाशाखाका अनुसार ग्रेड ४ र ५ मा परेका गुम्बा पूरै भत्काएर पुनर्निर्माण गर्नुपर्ने छ । ग्रेड ३ का गुम्बाको विशेष तथा ग्रेड २ मा परेका गुम्बाको सामान्य मर्मत गर्नुपर्ने छ । मर्मत÷पुनर्निर्माण गर्नु नपर्ने गुम्बा तथा बिहारलाई ग्रेड १ मा राखिएको छ ।

ग्रेड ४ र ५ मा परेका आठ सय ९५ गुम्बा तथा बिहार पूर्ण रुपमा पुनर्निर्माणमा लाग्ने सम्पूर्ण रकम सरकारले उपलब्ध गराउने भएको छ । ग्रेड २ र ३ मा परेका गुम्बा मर्मतका लागि पनि अनुदान रकम उपलब्ध गराइने भएको छ । ग्रेड १ का गुम्बा तथा बिहार सुरक्षित पाइएकाले रकम नदिने प्राधिकरणका एक अधिकारीले बताए ।

भूकम्पबाट क्षतिग्रस्त गुम्बा तथा बिहार पुनर्निर्माणमा करिब पाँच अर्ब २७ करोड ८५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षको बजेटमा गुम्बा पुनर्निर्माणका लागि एक अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको भए पनि पुनर्निर्माण प्रक्रिया अगाडि नबढेका कारण त्यति खर्च हुन सकेको थिएन् । चालु आर्थिक वर्षमा पनि गुम्बा र बिहार पुनर्निमाणका लागि बजेट छुट्याइएको र आगामी आ.वमा क्रमशः विनियोजन गरिने भएको छ ।

२०७५ चैत २८ गते प्रकाशित

वि.सं.२०७५ चैत २८ बिहीवार १०:१५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...