back
NMB ad

बंगालादेश नेपालबाट धागो आयात गर्न इच्छुक

Kumari bank ad

काठमाडौं । नेपालका लागि बंगालादेशका राजदूत मासफी विनते सम्सले नेपाल बंगालादेश बीचको द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध विकासमा दुबै सरकारका तर्फबाट विभिन्न तहमा औपचारिक भेटघाट समय–समयमा भएको र नेपालको निकासी बंगालादेशमा सहुलियतपूर्ण प्रवेशको लागि सहयोग गर्न सकारात्मक रहेको धारणा व्यक्त गरिन ।

साथै दुबै देश बीच सुविधा युक्त व्यापार सम्झौता गर्ने सन्दर्भमा समेत दुबै मुलुक सकारात्मक रहेको र उक्त सम्झौताको मस्यौदा नेपाल सरकारमा समेत पेश भइसकेको हुँदा निकट भविष्यमा यो सम्झौतामा निर्णय हुने विश्वास व्यक्त गर्दै विशेष नेपालबाट बंगालादेशमा धागो आयात गर्न समेत आफू इच्छुक रहेको र यसको प्रक्रिया मिलाउन दूतावासको तर्फबाट पहल गर्ने धारणा व्यक्त गरिन ।

बंगालादेशका राजदूतलाई नेपाल उद्योग परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल– बंगालादेश दुबै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय स्तरका व्यापार, पर्यटन र लगानी अभिवृद्धिमा ठोस योगदान दिन सक्ने बताए । दुई मुलुक छिमेकी राष्ट्र हुन तापनि यी मुलुकहरु बीच अपेक्षीत मात्रामा व्यापार विस्तार हुन नसकेको बताए । साथै नेपाल र बंगालादेशमा हुने मेला तथा प्रदर्शनीले दुबै मुलुक बीचको व्यापार प्रवद्र्धनमा योगदान पु¥याएको बताउँदै यसमा अझ बढी जोड दिनु पर्ने बताए ।

बङ्गलादेशले लघु वित्तमा पाएको सफलताबाट नेपालले धेरै कुरा सिक्नु पर्ने बताए । विविआईएन्, डब्लुटीओ, सार्क, विमिस्टेक जस्ता संगठनमा नेपाल र बंगालादेशको साझ मुद्दा भएको र फुलबारी–बंगालाबन्द मार्गको बढी प्रयोग भएमा नेपाली माल वस्तुको सहज र सरल पहुँच हुने अध्यक्ष मोरले बताए सो भेटवार्तामा परिसंघका गभर्निङ्ग काउन्सिलका सदस्य, राष्ट्रिय परिषदका सदस्यहरुको उपस्थिति थियो ।

२०७६ बैशाख ३ गते प्रकाशित

वि.सं.२०७६ वैशाख ३ मंगलवार १२:१२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...