back
NMB ad

लुम्बिनी इन्स्योरेन्स आमन्त्रित गल्फ टुर्नामेन्ट २०१९ सम्पन्न

Kumari bank ad

काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सको आयोजनामा बैशाख ६ र ७ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्टमा दुई दिने आमन्त्रित गल्फ प्रतियोगिता सम्पन्नभएको छ । युवा र प्रौढ गरी दुई समूहमा विभाजन गरिएको उक्त टुर्नामेन्ट २०१९ मा ९७ जना खेलाडीको सहभागिता रहेको थियो । जसमा १२ जना साना र ८५ जनासिनियर खेलाडीहरु रहेकाथिए ।

खेलकुदमार्फत पनिआफ्नो गुडविललाई बजारमा लैजान सकिन्छ र खेलको विकासमा सानै भएपनि यस किसिमको सहयोग खेलाडी एवं क्लबलाई गर्न पाएकोमा आफुहरु खुशीभएको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुलले बताए । सो अवसर फिन्टो ओनगाडी लामाले आमन्त्रित गल्फ टूर्नामेन्टको उपाधि हात पार्न सफल भएका थिय त्यस्तै सुपर सिनियर खेलाडी मेजर विजयमोक्तान घोषित भएकाथिए । विजयी खेलाडीहरुलाई रोयल नेपाल गल्फका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र इन्स्योरेन्सका अध्यक्ष मनोहरदास मुल र कम्पनीका सिइओ नुरप्रकाश प्रधानले उत्कृष्ठ खेलाडीहरुलाई अर्वाड हस्तान्तरण गरेका थिए ।

वि.सं. २०६१ सालमा स्थापित लुम्बिनी जनरल इन्सुरेन्सले फेयर अण्डर राइटिङ्ग, स्मार्ट क्लेम सर्भिस र क्वालिटी म्यानेजमेन्टमा आइएसओ सर्टिफाइड मान्यता प्राप्त गर्न सफल भएको छ । हाल ४५ शाखामार्फत ग्राहकहरुलाई उत्कृष्ट सेवातथा सुबिधा उपल्ब्ध गराउदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाशप्रधानले बताए । कम्पनीले चालु आर्थिक वर्ष भित्रै तोकिए बमोजिमको चुक्ता पूँजी पु¥याउने उनले बताए ।

२०७६ बैशाख ९ गते प्रकाशित

वि.सं.२०७६ वैशाख ९ सोमवार ११:४१ मा प्रकाशित

You can share this post!

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...