back
NMB ad

आठौं एनएमबि बैंक हेरिटेज वाक

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकले विश्व सम्पदा दिवसको उपलक्षमा आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको छ । बैंकले विगत वर्षहरु देखि आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउनु तथा तिनको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएकोछ ।

बैंकले विगत ७ वर्ष देखि हेरिटेज वाकको आयोजना गर्दै आएको छ । कार्यक्रमको उद्घाटन बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृत श्री सुनिल के.सीले संयुक्त रुपमा गर्नुभएको थियो । हेरिटेज वाक बैंकको सितापाइला शाखा कार्यालयबाट शुरुवात भई स्वयम्भूनाथमा पुगि समापन भएको थियो । स्वयम्भूनाथ परिसरमा सरसफाई तथा फोटो प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा बैंकका कर्मचारीहरुद्धारा खिचिएको देशका विभिन्न सम्पदाहरुको उत्कृष्ट फोटोहरु राखिएको थियो । साथै, बैंकले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका प्रतिनिधिलाई १६ थान डष्टवीन समेत हस्तान्तरण गरेकोे थियो ।

साथै बैंकले आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ को उपलक्ष्यमा आफ्नो सातैवटा प्रादेशिक कायालयहरु मर्फत विभिन्न सम्पदाहरुको सरसफाई कार्यक्रम समेत संचालन गरेको छ ।

२०७६ बैशाख १५ गते प्रकाशित

वि.सं.२०७६ वैशाख १५ आइतवार ११:२७ मा प्रकाशित

You can share this post!

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

दुर्घटनामा दुईजनाको मृत्यु, चार घाइते   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:२४

बागमती, ३ जेठ : मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्दछः नाडा उपाध्यक्ष श्रेष्ठ

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:५१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले...

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

बजेटमार्फत ऊर्जा दशक र विशेष सुरक्षा नीति घोषणा गरियोस्ः इप्पान अध्यक्ष कार्की

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:४२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले...

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

नबील बैंकको सिइओमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना पुनः नियुक्त

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२२

काठमाडौं । नबील बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा पुग्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:४७

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ उच्च विन्दुमा...

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:३०

वीरगञ्ज (पर्सा), ३ जेठ : सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले...