back
NMB ad

नबिल बैंक नेपाल बास्केटबल लिगको बैंकिङ साझेदार

Kumari bank ad

काठमाडौं । हामी नबिल बैंक र पे फर डिप्राइभ चाइल्ड नेपाल (पिडिसिएन)बीच भएको सम्झौताको घोषणा गर्न पाउदा ज्यादै हर्षित छौ । यो सम्झौतासगँँै खेलमा बिशेषत बास्केटबल खेलमा युवाहरुको सकृयता प्रबर्धन गर्नको लागि नबिल बैंक नेपाल बास्केटबल लिगको बैंकिङ साझेदार बनेको छ ।

आज काठमाडौंको महाराजगन्ज स्थित नेपाल पुलिसको प्रिशिक्षणालयमा आयोजित एक कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान सदिना श्रेष्ठ र सधिश प्रधानको उपस्थितिमा नबिल बैंकका प्रमुख कार्यकारी अधिक्रित श्री अनिल केशरी शाह र पिडिसिएनका अध्यक्ष अरुण कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

नेपाल बास्केटबल लिग बैशाख १५ बाट सुरु भएर श्रावण ६, २०७६ मा समापन हुनेछ । पिडिसिएनका अध्यक्षका अनुसार यो प्रतियोगिता ५५ दिनसम्म चल्नेछ । प्रतियोगितामा प्रथम, द्वितिय र त्रितिय स्थान हासिल गर्ने बिजयी टोलिले क्रमश दुई लाख, एक लाख र ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिक्रित अनिल केशरी शाहले सम्झौताबारे प्रकाश पार्दै भन्नुभयो, “हामी नेपाल बास्केटबल लिगको बैंकिङ साझेदार बन्न पाउदा ज्यादै खुशी छौ किनकी हामी विश्वस्त छौ कि यो प्रतियोगिताको सम्रचनाले बास्केटबल खेललाई देशैभर राम्रो गती प्रदान गर्ने कुरामा दुई मत नहोला। लिगको हिस्सेदार बन्न पाउनु नबिल बैंकको सौभाग्य हो र नबिल बैंकले यो प्रतियोगिता वास्तवमै अबिस्मरणिय रुपमा सम्पन्न होस् भन्ने अपेक्षा राख्दछ ।“

२०७६ बैशाख १७ गते प्रकाशित

वि.सं.२०७६ वैशाख १७ मंगलवार ०९:४३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...