back
NMB ad

कडा कदम चालेरै भएपनि काठमाडौंमा मेलम्चीको पानी ल्याईन्छ : अध्यक्ष प्रचण्ड

Kumari bank ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कडा कदम चालेरै भएपनि मेलम्चीको पानी काठमाडौं ल्याइ छाड्ने बताउनुभएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याई छाड्ने बताउनुभएको हो । उहाँले केही व्यक्तिहरु नै मेलम्ची आउन नदिन लागिपरेको बताउँदै नेकपा नेतृत्वकै सरकारको पालामा मेलम्चीको पानी काठमाडौं आउने स्पष्ट पार्नुभयो ।

उहाँले अब कसैले चाहेर पनि मेलम्ची आयोजनाको काम नरोकिने बताउनुभयो । ‘म र प्रधानमन्त्री हामी दुवै हस्तक्षेप गरेर भएपनि मेलम्ची ल्याउन दृढ छौं, उहाँले भन्नुभयो, म आफू प्रधानमन्त्री भएका बेला मेलम्ची आयोजनाको स्थलगत अनुगमनमा जाँदा केही मानिसहरुले मेलम्ची आउन अझै एक दुई वर्ष लाग्छ भनेको स्मरण गर्दै उहाँले विभिन्न गतिविधि गर्ने मानिसहरुको समूहले अझै आउन दिन्नौं भनेको सुनेको बताउनुभयो ।

‘मेलम्ची नआओस् भनेर केही मान्छे लागेका छन्, प्रचण्डले भन्नुभयो , ‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैन । तर विगतका अनुभव हेर्दा बलियो हात नचलाई, कठोर कदम नचलाई मेलम्चीको पानी आउन गाह्रो छ ।’

‘मलाई थाहा छैन, कसले रोक्छ मेलम्चीको पानी, सुरुङको काम पनि करिब सकिएको छ । सुन्दरीजलको पूर्वाधार पनि अन्तिम चरणमा छ’ उहाँले भन्नुभयो, ‘तर अझै एक दुई वर्ष लाग्छ भनिएको छ । मलाई लाग्छ मेलम्ची हाम्रै मान्छेहरुले रोकेका हुन् ।’अध्यक्ष प्रचण्डले मेलम्चीलाई लामो समयदेखि लाग्ने गरेको रोग जस्तै भएको टिप्पणी गर्नुभयो । उहाँले अगाडि भन्नुभयो– यो एक किसिमको रोग जस्तै भएपनि हामी यसलाई दृढतापूर्वक सम्पन्न गर्ने अवस्थामा छौँ । जरुरी पर्ने हो भने, यसलाई अप्रेशन नै गर्ने, अप्रेशन गर्न ढिलाई नगरी मेलम्ची ल्याउने भन्नेमा हामी दृढ नै छौँ ।’

२०७६ बैशाख २९ गते प्रकाशित

वि.सं.२०७६ वैशाख २९ आइतवार १०:२५ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने

आजको मौसम : यी स्थानमा पानी पर्ने

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३७

काठमाडौँ, ३१ वैशाख : गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती...

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय   

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:३३

हेमन्त जोशी काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क...

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

आज ३१ बैशाख २०८१ सोमवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख ३१ सोमवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:३२

सिबी अधिकारी   काठमाडौँ, ३० वैशाख : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु...

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...