back
NMB ad

धनुषाको महेन्द्रनगरमा कृषि विकास बैंकको नयाँ शाखा

Kumari bank ad

काठमाडौं । धनुषा जिल्ला शिरेश्वर नगरापालीका स्थित सखुवा महेन्द्रनगरमा कृषि विकास बैंक लिमिटेडको शाखा कार्यालयको उद्घाटन मुख्य मन्त्री लालबाबु राउतले गर्नुभयो । उद्घाटन कार्यक्रमका कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकले प्रदानगर्ने सेवा सुविधा तथा बैंकले सञ्चालनमा ल्याएका एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा बारेमा जानकारी गराउनु भयो । उहाँले स्थानीय जनप्रतिनिधी र आम स्थानीय बासीको सहयोगको अपेक्षा पनि गर्नु भयो ।

उक्त अवसरमा मुख्य मन्त्री राउतले सम्पूर्ण स्थानीय जनताहरुको मागलाई ध्यानमा राखी सहज रुपमा कर्जा उपलव्ध गराउनु पर्ने, यस क्षेत्रबाट धेरै भन्दा धेरै यूवाहरु रोजगारीको सिलसिलमा विदेश गएकोले उनीहरुले पठाउने रेमिटेन्सलाई सहजरुपमा उनीहरुको घर परिवार समक्ष पु¥याउने व्यवस्था गराएमा कृषि विकास बैंक प्रति जनताहरुको थप आकर्षण बढ्ने थियो भन्दै बैंकको उच्च प्रगतिका लागि शुभकामना व्यक्त गर्नुका साथै स्थानीय वासीहरुलाई आफूसँग भएको स–सानो बचत रकमलाई बैंक जम्मा गर्न अनुरोध समेत गर्नु भयो ।

कृषि विकास बैंकका क्षेत्रिय कार्यालय जनकपुरका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा महेन्द्रनगर वासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा, प्रकाश पार्नु भयो । शाखा उद्घाटन कार्यक्रममा स्थानीय सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको थियो ।

२०७६ जेठ ६ गते प्रकाशित

वि.सं.२०७६ जेठ ६ सोमवार १०:१४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...