back
NMB ad

उर्जामन्त्री पुन र राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता

Kumari bank ad

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ झेनमिनबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा युएन र सरकारबीच गर्न सक्ने सहकार्य र दिगो विकासको वारेमा छलफल भएको थियो ।

मन्त्री पुनले भेटमा नेपालले उर्जाको पहुँचलाई प्राथमिकतामा राखरे काम गरिरहेको बताउनुभयो । उहाँले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादज गर्ने लक्ष्य सरकारले राखेको भन्दै त्यसका लागी काम अघि बढिरहेको जानकारी दिनुभयो ।

अमेरिकाको न्यूयोर्कमा शुक्रबार राष्ट्रसंघीय फोरमलाई सम्बोधन गरेपछि मन्त्री पुनले त्यहाँका उपमहासचिवसंग भेटवार्ता गर्नुभएको थियो । भेटमा मन्त्री पुनले नयां संविधान जारी भएसंगै देशमा स्थिर सरकार बनेको र अहिले दीगो विकासको लक्ष्य सहित सामाजिक–आर्थिक विकासको बाटोमा अगाडि धारणा राख्नुभयो ।

उहांले सफा उर्जाबाट आयातित पेट्रोलियम घटाउंदै जाने नेपालको लक्ष्य रहेको बताउंदै अहिले निर्माण भइरहेका जलविद्युत परियोजनाबाट यस क्षेत्रमा महत्वपूर्ण प्रगती भइरहेको दाबी गर्नुभयो । मन्त्री पुनले एसडिजी सेभेनको लक्ष्य महत्वपुर्ण भएको भन्दै त्यसलाई पुरा गर्न सरकारले कार्यक्रममै राखेर उच्च प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।

जवाफमा उपमहासचिव झेनमिनले नेपालको उर्जा र जलविद्युतको क्षेत्रमा निकै ठुलो सम्भावना रहेको भन्दै संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक तथा विकास परिषद सहकार्य गर्न ईच्छुक रहेको धारणा राख्नुभयो ।

उहाँले उर्जा क्षेत्रमा पनि नेपालले गरिरहेको प्रगतीको प्रशंसा गर्नुभयो । उपमहासचिव झेनमिनले संयुक्त राष्ट्रसंघ नेपाल सरकारसंग नजिक रहेर काम गर्न इच्छुक रहेको समेत बताउनुभयो ।

२०७६ जेठ १२ गते प्रकाशित

वि.सं.२०७६ जेठ १२ आइतवार ११:५४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...