back
NMB ad

सेजमा पूर्वाधार सुविधा बढाउन जोड

Kumari bank ad

काठमाडौं । बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र अन्तर्गत सञ्चालनको तयारीमा रहेको ‘गार्मेन्ट प्रोसेसिङ् जोन (जीपीजेड) मा थप पूर्वाधारको व्यवस्था भए मात्र उद्योग स्थापना गर्न सकिने सरोकारवाला उद्योगीले बताएका छन् । अहिलेकै अवस्थामा तयारी पोसाक उद्योग स्थापना गर्न बढी लगानी पर्ने भएकोले पूर्वाधार सुविधा बढाउनुपर्ने उनीहरुको माग छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन), इकोनोमिक पोलिसी इन्कुबेटर (इपीआई) र यूके एडले सोमबार राजधानीमा संयुक्त रुपमा आयोजना गरेको ‘एक्सिलेरेटिङ् इन्डष्ट्रियलाइजेसन इन सिमरा जीपीजेड’ नामक अन्तरक्रिया कार्यक्रमका सहभागीले प्रोसेसिङ जोनबाट लाभ लिन यसको संरचनात्मक, प्रशासनिक र पूर्वाधार सुधारमा जोड दिएका हुन् ।कार्यक्रममा राष्ट्रिय योजना आयोगकापूर्व उपाध्यक्ष एवम् इपीआइका टिम लिडर डा. शङ्कर शर्माले बङ्गलादेशको अनुभवबाट सिकेर तयारी पोशाकलाई नेपालको औद्योगिकरणको आधारको रुपमा उपयोग गर्न सकिने बताउनुभयो । विदेशमा नेपाली तयारी पोशाकको आफ्नो छुट्टै पहिचान रहेकोले यसको बजार मूल्यलाई प्रतिस्पर्धी बनाइ विगतमा जस्तै निर्यात बढाउन सकिने उहाँको भनाई थियो ।

गार्मेन्ट एसोसिएसन नेपालका अध्यक्ष चन्डी प्रसाद अर्यालले सेजमा उद्योग स्थापनाका लागि कायम गरिएको प्रति वर्गफुट २० रुपैयाँबाट घटाएर ३ देखि ५ रुपैयाँ कायम गर्नुपर्ने बताउनुभयो । त्यस्तै उहाँले अहिले सञ्चालनमा रहेका उद्योगले जस्तो किसिमको सुविधा पाइरहेका छन् त्यस्तै सुविधा सेजमा पनि पाएमा मात्र उद्योग स्थानान्तरण गर्न सकिने स्पष्ट पार्नुभयो । घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले सिमरामा उद्योग स्थापना गर्दा दिने सुविधा मुल्याङ्कन गरेर मात्रै भैरहवा, काठमाडौं अथवा अन्य ठाउँका उद्योग त्यहाँ जान सक्ने बताउनुभयो । त्यस्तै उहाँले कोटा प्रणालीमा निर्भर रहेरभन्दा पनि नेपाली तयारी पोशाकलाई सधै प्रतिस्पर्धी बनाउने गरि सरकारी सहयोग आवश्यक रहेको भनाइ राख्नुभयो ।

पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले सेजको भाडादर ऐनमा उल्लेख नगरेर यसमा लचक हुनुपर्ने धारणा राख्नुभयो । त्यस्तै सेजमा उद्योग स्थापना गर्दा र बाहिर स्थापना गर्दा हुने लाभको मुल्याङ्कन गरेर सेजतर्फ आकर्षित गराउने रणनीति तयार गर्नुपर्ने उहाँको सुझाव थियो । पूर्व सचिव बिमल वाग्लेले सेजमा व्यवसायमैत्री वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उद्योगलाई स्थानान्तरण गर्दा उद्योगीले थप फाईदा खोज्ने भएकोले सेजमा त्यस्तो सुविधा उपलब्ध गराउनुपर्ने उहाँको सुझाव थियो । पस्मिाना उद्योग सङ्घका अध्यक्ष दुर्गाविक्रम थापाले सेजमा उद्योग स्थापना गर्दा बैङ्क ब्याजदर बढ्दैन भन्ने प्रत्याभूति आवश्यक रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घको उद्योग समितिका सभापति अन्जन श्रेष्ठले सेजमा पुराना उद्योग जान पाउने वा नपाउने विषयमा अहिले नै स्पष्टता आवश्यक रहेको बताउनुभयो । त्यस्तै उद्योग स्थापना अघि नै सेजसँग सम्बन्धित समस्या समाधान गर्नुपर्ने उहाँको सुझाव थियो । नेपाल उद्योग परिसङ्घका बैङ्किङ समितिका सभापति अनलराज भट्टराईले सेजमा उद्योगीलाई सुविधा दिनै पर्ने जोड दिनुभयो । महिला उद्यमी महासङ्घ नेपालका द्वितीय उपाध्यक्ष निरु रायमाझी खत्रीले सेजमा स्थापना हुने उद्योगले स्थानीय स्तरमै उपलब्ध हुने कच्चा पदार्थको प्रयोगमा बढी जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सेज प्राधिकरणका कार्यकारी निर्देशक डा. चन्डिका भट्टले गार्मेन्ट प्रोसेसिङ जोनको संरचना निर्माणको अधिकतम काम पुरा भएपनि उद्योग सञ्चालनका लागि आवेदन प्राप्त नभएको बताउनुभयो । विद्युत, ढल, पानी आपूर्ति, प्रशासनिक भवन निर्माणजस्ता कामहरु अगाडी बढिरहेपनि उद्योगीले चासो नदेखाएको जानकारी दिनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह सचिव रामचन्द्र ढकालले सेजमा उद्योग स्थापना गर्न उद्योगीलाई आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

२०७६ जेठ २१ गते प्रकाशित

वि.सं.२०७६ जेठ २१ मंगलवार १२:०४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...