back
NMB ad

वातावरण दिवसमा खानेपानी मन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास

Kumari bank ad

भक्तपुर । ४६औं विश्व वातावरण दिवसको अवसमा खानेपानी मन्त्री बिना मगरले भक्तपुरको सूर्य्विनायक नगरपालिका स्थित गणेश मन्दिरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास गर्नुभएको छ । हनुमन्ते नदी सफाई अभियानले गणेश मन्दिर परिसरमा आयोजना गरेको वृक्षारोपण एवं पार्क शिलान्यासको खानेपानी मन्त्री मगरबाट शुभारम्भ गरिएको हो ।

“स्वच्छ वायु, स्वस्थ जीवन” भन्ने मूल नाराका साथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नगरपालिकाहरु, विभिन्न सामाजिक संघ संस्था र सुरक्षाकर्मी लगायत सरसफाइ अभियन्ताहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले वातावरण संरक्षण र फोहोर न्युनीकरणमा घर टोल, छिमेक र सिंगो समाजको महत्वपूर्ण भूमिका हुने भएकाले सबै जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले फोहोरको व्यवस्थापन घरबाट नै सुरु गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री मगरले भन्नुभयो, “हामीले हप्तौं हप्ता देखि सरसफाइ अभियान चलाईरहेका छौं । सरसफाइ अभियान चलाइ रहनुपर्ने स्थिति आउन नदिन सकेसम्म घरबाटै यसको अन्त्य गर्नुपर्दछ । सरसफाइ अभियान सधैं गरिरहन नपरोस् ।”

प्रतिनिधि सभा सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले वातावरण सफा गरे झैं सबैले मन सफा गर्नुपर्ने धारणा राख्नुभयो । हाम्रो भावना र सोचाई प्रायः नकारात्मक भएकाले यसको सफाइमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ वातावरण सफा गरेर मात्रै हुँदैन । जबसम्म मन सफा हुँदैन तब सबै कुरा नकारात्मक नै रहन्छ । हाम्रो सोचाई सधैं यस्तै रह्यो भने समृद्ध नेपाल बनाउन गाह्रो हुन्छ ।”

कार्यक्रममा हनुमन्ते खोला लगायत भक्तपुर क्षेत्रको सरसफाइ अभियानमा निरन्तर योगदान पु(याएको भनी प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा पतञ्जली योग समिति नेपालका प्रतिनिधि दुर्गा पन्तले योगा गरेर आफ्नो प्रस्तुति देखाउनुभएको थियो ।

विश्व वातावरण दिवसको उपलक्ष्यमा सूर्य्विनायक चोकदेखि गणेशमन्दिरसम्म सरसफाइ (याली समेत निकालिएको थियो । (यालीमा खानेपानी मन्त्री मगर, प्रतिनिधि सभा सदस्य एवं पूर्व उद्योग मन्त्री बस्नेत, प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ र सूर्य्विनायक नगरपालिकाका मेयर बासुदेव थापा लगायतका व्यक्तिहरुको सहभागी थियो ।

२०७६ जेठ २४ गते प्रकाशित

वि.सं.२०७६ जेठ २३ बिहीवार १३:२८ मा प्रकाशित

You can share this post!

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५८

काठमाडौँ, १८ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती...

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:५५

पाटन (ललितपुर), १८ वैशाख : ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलस्थित तपेश्वर...

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४८

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नं. १,...

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:४०

काठमाडौँ, १८ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको चालु...

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

नेपाल टेलिकमको ‘आइसिटी डे अफर’ उपलब्ध, के–के छन् सुविधा ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार १६:३४

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने...