back
NMB ad

धुनिबेशीमा वैकल्पिक शहर स्थापना हुने, प्रकृया पुरा गर्न मेयरलाई उपाध्यक्ष कँडेलको निर्देशन

Kumari bank ad

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले धुनिबेशी क्षेत्रलाई काठमाडौंको वैकल्पिक शहरको रुपमा विकास गर्ने बताउनुभएको छ । राजधानीसंग जोडिएको सबैभन्दा नजिकको उपत्यका धुनिबेशी राष्ट्रिय आवश्यकता बमोजिम निकट भविष्यमा नयाँ शहरको रुपमा विकास गर्न उपयुक्त देखिएकोले आफुले पहलकदमी लिने बताउनुभयो ।


धुनिबेशीस्थित महेशधर्म मावि पूर्व विद्यार्थी समाज र धादिङ जिल्ल कुङ्ग फु संघद्वारा आयोजित साँस्कृतिक कार्यक्रममा उपाध्यक्ष कँडेलले बढ्दो शरीकरणका कारण काठमाडौं शहर विस्तार हुने क्रममा धुनिवेशी वैकल्पिक शहर बन्ने निश्चित भएकोले आवश्यक तयारी थाल्न नगरपालिकालाई निर्देशन दिनुभयो । धुनिबेशीका मेयर बालकृष्ण आचार्यलाई आवश्यक तयारी पुरा गरेर काठमाडौं आउन निर्देशन दिँदै उपाध्यक्ष कँडेलले शहरी विकास मन्त्रालयसंग समन्वय गरेर छिट्टै काम अगाडी बढाइने बताउनुभयो ।


कँडेलकै प्रस्तावमा धार्के सितापाइला सडकलाई वैकल्पिक राजमार्गमाम समावेश गर्दै यस वर्ष पहिलो प्राथमिकता प्राप्त आयोजनाको रुपमा यस वर्षको बजेटमा समावेश गरिएको छ । उपाध्यक्ष कँडेलको पहलमा सितापाइला भिमढुंगा गल्छी सडक पनि केन्द्रीय आयोजनामा समावेश भएको छ । लामो समयदेखि विवादित बन्दै आएको काठमाडौंको फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडा समेत उपाध्यक्ष कँडेलकै पहलमा निर्माण प्रकृया आरम्भ भएको छ । यी तीन वटै आयोजनाको स्थलगत निरिक्षण गर्दै उपाध्यक्ष कँडलले धुनिबेशी निकट भविष्यमै सबै सुविधासम्पन्न शहरको रुपमा विकास गर्न आवश्यक देखिएको बताउनुभयो ।

२०७६ जेठ २४ गते प्रकाशित

वि.सं.२०७६ जेठ २५ शनिवार १३:१४ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...