back
NMB ad

सुनको मूल्यमा नयाँ रेकर्ड आज हालसम्मकै सबैभन्दा उच्च मूल्य

Kumari bank ad

काठमाडौं । नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। हिजोको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन पनि सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ पुगेर इतिहासकै नयाँ रेकर्ड कायम गरेको थियो। त्यो रेकर्ड एकै दिनमा तोड्दै ६५ हजार प्रतितोलामा कायम भएको छ। ठीक एक महिनाअघि जेठ ९ गते सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

एक महिनादेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको तथ्यांकले देखाउँछ। एक महिनाकै अवधिमा सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले बढिसकेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन्। ‘शक्तिशाली मुलुकहरुबीच अहिले अलिक विवाद बढेजस्तो देखिएको छ, त्यसले अन्तर्राष्ट्रिय बजारमा नै सुन महँगियो, नेपालमा असर पर्यो’ उनले भने।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेको छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १३९५ डलर नाघेको छ।

इरान र अमेरिका बीचको तनाव बढ्नु, अमेरिकासँग चीन र भारतको व्यापार विवाद कायम हुनुले सुनको मूल्य बढेको महासंघको ठहर छ। अन्तर्रा्ष्ट्रिय द्वन्द्व बढ्दा लगानीकर्ता सुनतर्फ आकर्षित हुने र त्यसले माग बढाउने भएकाले मूल्य महँगिने गरेको व्यवसायी बताउँछन्।

अन्तर्रा्ष्ट्रिय क्षेत्रमा चलिरहेका यी विवाद नसुल्झीए सुनको मूल्य अझै बढ्नसक्ने व्यवसायी बताउँछन्।

२०७६ असार ६ गते प्रकाशित

वि.सं.२०७६ असार ६ शुक्रवार १४:४४ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...