back
NMB ad

नेरुडे लघुवित्त वित्तीय संस्थाको १ लाख १० हजार कित्ता सेयर लिलामीमा

Kumari bank ad

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख १० हजार कित्ता सेयर आज मंगलबारदेखि लिलामीमा राखेको छ ।

कम्पनीले संस्थापक समूहको प्रतिकित्ता १०० दरको १ लाख १० हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । लिलामीमा सहभागी हुन चाहनले न्यूनतम प्रतिकित्ता १९६ रुपैयाँ र सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लिलामीमा सहभागी हुने एक व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकभन्दा बढी बोलपत्र पेस गर्न पाउने छैनन् ।

लिलामीका लागि असार १७ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ।
लिलामी प्रक्रियाको व्यवस्थापन काठमाडौँको सुन्धारास्थित सिभिल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफामा ११४ प्रतिशतको हाराहारीमा छलाङ मारेको छ।

अघिल्लो वर्षको यही अवधिमा ३ करोड ७२ लाख रुपैयाँ रहेको कम्पनीको खूद नाफा बढेर यो वर्ष ७ करोड ९७ लाखको उचाईमा पुगेको छ ।

खूद नाफामा आकर्षक प्रगति भएसँगै वार्षिकीकृत प्रतिसेयर आम्दानी९इपीएस० १६.२५ रुपैयाँबाट ८९.२२ प्रतिशतले बढेर ३०.७५ रुपैयाँको उचाईमा पुगेको छ ।

कम्पनीको संचालन मुनाफा ५ करोड ८६ लाखबाट बढेर १२ करोड ५३ लाखको उचाईमा पुगेको छ भने खूद ब्याज आम्दानी पनि २३.४२ प्रतिशतले बढेर २७ करोड ८७ लाखको उचाईमा पुगेको छ।

समीक्षा अवधिमा नेरुडे लघुवित्तले १ अर्ब ८२ करोड निक्षेप संकलन गरी तथा २ अर्ब १७ करोड सापटी लिई ४ अर्ब ७८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप २९.७१ प्रतिशत, सापटी ३५.५४ प्रतिशत र कर्जा बिस्तारतर्फ २७.५९ प्रतिशतको प्रगति गरेको देखिएको छ ।

कम्पनीले अघिल्लो वर्षको यही अवधिमा २६ करोड २७ लाखमा सीमित रिजर्बको आकार बढाई ४५ करोड ४७ करोडको उचाईमा पुगेको छ ।

अघिल्लो वर्ष १.५६ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा बढेर १.६८ प्रतिशत पुगेको छ। कस्ट अफ फण्डमा सामान्य कटौति गर्न सकेको यो कम्पनीको समीक्षा अवधिमा प्रतिसेयर नेटवर्थ २३१.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.८० गुणा कायम भएको छ।

२०७६ असार १० गते प्रकाशित

वि.सं.२०७६ असार १० मंगलवार १३:०० मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...