back
NMB ad

नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली दैनिक तीन उडान गर्ने

Kumari bank ad

काठमाडौं। नेपाल वायुसेवा निगमले असार ३० गतेदेखि काठमाडौं-दिल्ली दैनिक तीन उडान गर्ने भएको छ।

जेट एयरवेज बन्द भएपछि निगमले काठमाडौं-दिल्लीमा उडान थप गरेको हो।निगमका प्रवक्ता नवराज कोइरालाले असार ३० गतेबाट निगमले साताकै २१ उडान गर्ने बताए।उनका अनुसार उडानका लागि स्लट अप्रुभ भइसकेको छ।अहिले निगमले दैनिक दुई उडान गर्दै आएको छ।जेट बन्द भएपछि काठमाडौं-दिल्लीको हवाई भाडादर ४० हजार रुपैयाँसम्म पुगेपछि निगमले उडान थपेको हो।

यसैगरी दुई महिना अघि दैनिक एउटा उडान गर्दै आएको भारतको बजेट वायुसेवा कम्पनी इन्डिगोले जुलाईदेखि दैनिक तीन उडान गर्ने भएको छ।यसअघि कम्पनीले दैनिक दुई उडान गरिरहेको थियो।

‘जेट एयरवेज बन्द भएपछि काठमाडौं-दिल्ली उडानका लागि फ्लाइट फ्रिक्वेन्सी बढेपनि डिमाण्ड बढ्दो छ। डिमाण्ड बढेकै कारण भाडादरमा उल्लेख्य परिवर्तन आएको छैन।’ इन्डिगोको जेनरल सेल्स एजेन्ट प्रेसिडेन्ट ट्राभलका एक कर्मचारीले भने।

काठमाडौं-दिल्ली उडान गर्दै आएको एयर इण्डियाले भने उडान थप्ने कुनै योजना बनाएको छैन। हाल नेपाल वायुसेवा निगम, इन्डिगो, एयर इण्डिया, ड्रक एयर, भुटान एयर लगायतले काठमाडौं-दिल्ली उडान गर्दै आएका छन्।

२०७६ असार १२ गते प्रकाशित

 

वि.सं.२०७६ असार १२ बिहीवार १२:२५ मा प्रकाशित

You can share this post!

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...