back
NMB ad

न्युरोडमा स्मार्ट पार्किङ सेवा सुरु

Kumari bank ad

काठमाडौं । काठमाडौंको न्युरोडमा स्मार्ट पार्किङ सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा न्यूरोडका पाँच स्थानमा असार १ गते देखि स्मार्ट पार्किङ सुरु गरेको हो ।

स्थानीयले सडक व्यवस्थित गर्न आग्रह गरेपछि स्मार्ट पार्किङ सेवा सुरु गरिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । मेयर शाक्यले यसलाई अस्थायी रुपमा पाइलट प्रोजेक्टका रुपमा सुरु गरिएको र पहिलोपटक यस्तो प्रोजेक्ट सुरु गरिएकाले यसलाई परिस्कृत गर्दै लगिने उनको भनाइ छ । महानगरपालिकाको समस्याको रुपमा सडक पार्किङ मुख्य रहेको उल्लेख गर्दै उनले यो सेवाबाट सडक पार्किङ निरुत्साहित हुने विश्वास व्यक्त गरेका छन् ।

‘पाइलट प्रोजेक्टका रुपमा हामीले स्मार्ट पार्किङ सेवा सुरु गरेका छौं । यसले १०० जनालाई रोजगारी दिनेछ’, मेयर शाक्यले उद्घाटन कार्यक्रममा भने महानगरपालिकाले सवारी व्यवस्थापनका लागि एकपछि अर्को प्रयत्न गरिरहेको र त्यो लोकप्रिय बन्दै गएको छ। पिकअप एण्ड ड्रपको शुरुमा विरोध भए पनि अहिले कलंकी र कोटेश्वरमा पनि यसको माग भइरहेको उनको भनाइ छ । स्मार्ट पार्किङलाई पनि विस्तारै पिक एण्ड ड्रप जस्तै अन्य क्षेत्रमा विस्तार गरिने उनले जानकारी दिए ।

स्मार्ट पार्किङस्थलको शुल्क दुईथरि निर्धारण गरिएको छ । महानगरपालिकाका अनुसार, दुई पांग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ र चारपांग्रेका लागि ८० तोकिएको छ ।

व्हिल्स ट्रली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडको रामेश्वर मिठाई पछाडिको भाग, बिशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा स्मार्ट पार्किङको व्यवस्था हुन लागेको हो । स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा झण्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ । ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ ।

अब न्युरोड जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन् । ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रीन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् । त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरा सहितका पार्किङ सहयोगी राखिएका छन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड गरेर राख्छन् ।

त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौर, सोह्रखुट्टेबाट बिष्णुमती लिङ्करोड हुँदै टेकु र त्यहाँबाट त्रिपुरेश्वरसम्मको सडकले घेरिएको भाग भित्री सहरी क्षेत्र हो । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ ।

सेवाका लागि ‘केएमसी पार्किङ, एप एन्ड्रोइड र आइओएस दुवैमा डाउनलोड गर्न सकिने महानगरपालिकाले जनाएको छ ।

२०७६ असार १२ गते प्रकाशित

वि.सं.२०७६ असार १२ बिहीवार १४:५३ मा प्रकाशित

You can share this post!

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...