back
NMB ad

सिरिन्ज आक्रमण गर्ने व्यक्ति भन्छन् यसकारण गरेको थिएँ आक्रमण

Kumari bank ad

काठमाडौं । महिलाहरु माथि दिनदहाडै तिखो वस्तुले रोपेर आक्रमण भएको घटनाले बजारमा सनसनि मच्चाएको छ । महिलाहरुमाथि सिरिन्ज आक्रमणको घटना बाहिर आएसँगै शृङ्खलाबद्ध सिरिन्ज आक्रमणमा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ । उक्त युवालाई काठमाडौंको महाराजगञ्जबाट गएराति साढे १२ बजे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

अहिलेसम्म काठमाडौं उपत्यकामा चारजना युवतीहरुले आफूमाथि सिरिन्ज जस्तो बस्तुले आक्रमण गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । युवतीहरुलाई जथाभावी सूई घोच्दै हिँड्ने रामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

हाल नैकापमा बस्दै आएका कार्की बा ४७ प १३३१ नम्बरको मोटरसाइकलसहित पक्राउ परेका हुन। कार्कीलाई शुक्रबार बिहान प्रहरीले सार्वजनिक गरेको छ।उनले बयानमा ढलानको काँटी प्रयोग गरेर घोच्ने गरेको बताएका छन्।उनले महाराजगन्जको रेष्टुरेन्ट बन्द गरेर ९र१० बजेतिर ढल्कुको बाटो हुँदै नैकाप घर जानेबेला घोच्ने गरेको बयान दिएका छन्। उनले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गर्दै रमाइलोका लागि त्यस्तो गरेको बताएका थिए। उनी ५ वर्ष दुबई बसेर फर्किएका व्यक्ति भएको खुल्न आएको छ ।

२०७६ असार १३ गते प्रकाशित

वि.सं.२०७६ असार १३ शुक्रवार ११:२२ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...