back
NMB ad

नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारले विश्वास गर्न नसक्ने प्रधानमन्त्रीको भनाई

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३७ अर्व घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारले विश्वास गर्न नसक्ने भन्दै यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने बताएका छन् ।

निगमको ६१ औं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले तत्काल निगमको समग्र कामकार्वाहीमा सुधार नभए सरकार त्यसको संचालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने स्पष्ट पारेका छन् । ‘निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार आउनु प¥यो, नभए त्यसको संचालनका लागि सरकार रणनीतिक साझेदार खोज्न बाध्य हुनेछ,’ उनले भने । साथै उनले प्रश्न गरे, ‘निजी क्षेत्रले चलाउन सक्ने विमान निगमले किन चलाउन सक्दैन ?’

सरकारले साथसहयोग दिए पनि निगमले विमान संचालन गर्न नसकेकोमा आक्रोश व्यक्त गरेका छन् भने वाइडबडी विमान चलाउनका लागि निगमले गन्तव्य खोज्न नसकेकोमा आपत्ति जनाएका थिए । प्रधानमन्त्री ओलीले निगमको विमान उडान भर्नका लागि युरोपियन मुलुकहरुसँग पनि कुरा गरेको उल्लेख गर्दै विमानहरुलाई चुस्त राख्न सचेत गराए । आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगटने गरेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए ।

प्रधानमन्त्री ओलीले निगमलाई आवश्यक बजेट दिन सकिने तर त्यसका लागि व्यवस्थापनमा सुधार हुनुपर्ने स्पष्ट पारे ।

२०७६ असार १६ गते प्रकाशित

वि.सं.२०७६ असार १६ सोमवार १२:५६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...